भारद्वाज गोत्रीय पोखरेलको वंशावली पुस्तक विमोचन

श्यामलाल पोखरेल
बुटवल, बैशाख ३० गते । भारद्वाज गोत्रीय पोखरेलहरुको वंशावलीबारे लेखिएको पुस्तक रुपन्देहीको सैनामैनामा विमोचन गरिएको छ ।पोखरेलहरुले पुज्ने तोर्त देउराली पूजाको अवसरमा तारु ज्योतिषी तोर्त र तोर्त देउराली पुस्तक बैशाख २९ गते सोमबार विमोचन गरिएको हो ।

उमाकान्त पोखरेलले लेखेको भारद्वाज गोत्रीय पोखरेलको वंशावली पुस्तक भारद्वाज गोत्रीय पोखरेल समाज सैनामैना रुपन्देहीको आयोजनामा विशेष कार्यक्रम आयोजना गरी विमोचन गरिएको हो । पोखरलेहरुको कुलायन मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी झण्डै ९० पेजको पुस्तक विमोचन गरिएको हो । भारद्वाज गोत्रीय पोखरेलहरुबारे लामो समयदेखि अध्ययन गरेर पूर्व शिक्षक उमाकान्त पोखरेलले यो पुस्तक लेखेका हुन् ।

लेखक उमाकान्त पोखरेलले पुस्तकमा भारद्वाज गोत्रीय पोखरेलहरुको बंशावलीबारे जाने बुझेसम्म यथार्तमा रहेर पुस्तक खेखेको बताए । भारद्वाज गोत्रीय पोखरेलहरुका पुर्खाहरु जन्मेको गुल्मीको धुर्कोटबाट बंशावली खोजी यो पुस्तक लेखिएको र बंशावली अझै पुरा नभएकाले खोज अनुसन्धान गरेर आगमी दिनमा फेरी पनि लेख्ने कामलाई निरन्तरता दिने बताए ।

तारु ज्योतिषी पछिको बंशावलीको विवरणसहित लेखक उमाकान्त पोखरेलले बंशावली पुस्तक लेखेका छन् । पुस्तकका लेखक उमाकान्त पोखरेलका अनुसार तारु ज्योतिषीलाई बंशावलीको प्रथम वंशपुरुष मानी वंशावली तायर गरिएको हो । ताररु ज्योतिषीसहितका ५ भाई मध्ये ४ भाईका सन्तानहरु कुनकुन र कता कता गएका हुन्, भन्ने अझै खुल्न नसकेको पुस्तकले उजागार गरेको छ ।

तारु ज्योतिष, ज्योतिष चुडामणि पाध्या, ज्योतिष शशिधर पाध्या, ज्योतिष बालानन्द पाध्या र ज्योतिष रामपति पाध्या पुर्खाहरु रहेको वंशावली पुस्तकमा लेखिएको छ । यि पांच भाईमध्ये कान्छा भाई ज्योषित रामपति पाध्याका सन्तान अहिले गुल्मीको धुर्कोमा रहेका भारद्वाज गोत्रीय पोखरेलहरु भएको पुस्तक बोलेको छ । अन्य चारभाईका सन्तान कहां गएका थिए र ति चारभाईका सन्तानहरु कहां कहां छन् भन्ने अझै एकिन हुन नसकेकाले खोज अनुसन्धान गरेर पत्ता लगाउनु पर्ने र तयसका लागि आफुले निरन्तर अध्ययन गरिहने लेखक उमाकान्त पोखरेलले बताए ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि अग्रज लोकनाथ पोखरेलले समाजमा पोखरेलहरुको इतिहांस लामो रहेको उल्लेख गर्दै धुर्कोटबाट प्यूठान, अर्घाखांची, पाल्पा, लमजुङ, पोखरा,गोरखा र पूर्वी नेपालका पोखरेलहरु पनि धुर्कोटबाट गएको बताए ।  उनले सबैतिर छरिएर रहेका पोखरलेहरुको वंशावली छुट्टाएर दाजुभाईको नाता सम्बन्ध जोड्नुपर्ने लोकनाथ पोखरेलले बताए ।

जताततै छरिएर रहेका पोखरलहरुलाई एके ठाउंमा जोडनका लागि पनि यथार्तमा आधारित वंशावली उतारनु पर्ने भारद्वाज गोत्रीय पोखरेल समाजका केन्द्रिय सदस्य लक्ष्मण पोखरेलले बताए । पोखरेलहरुको वसोवास गर्दै आएको वस्तीमा पुगेर उमेरले पुराना पोखरेल अग्रजहरुसंग सोदखोज गरेर देशभरका पोखरलहरुको वंशावली बनाउनु पर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक लिलाबहादुर केसीले आफुहरु कान्छा पण्डित श्रीधर पुरोहितका सन्तान तथा खलक भएको चर्चा गर्दै राणाको पालामा हुकुमी साशन चल्ने र त्यही हुकुमी साशनको ठाडो निर्देशनले आफुहरुले क्षत्री र केसी लेख्नु परेको इतिहांस सुनाए । आफुहरु खासमा भारद्वाज गोत्रीय पोखरेल भएको बताउंदै सह– प्रध्यापक लिलाबहादुर केसीले भने – खासमा हामीहरु पोखरेल हौं ।  यो पुस्तक अध्यनका लागि सजिलो भएको बताउंदै आगमी साउनदेखि आफुले कान्छा पण्डित श्रीधरका खलकहरुको इतिहांस खोजेर वंशावली लेख्ने प्रतिवद्वता जनाए ।

रघुनाथ पोखरेलले हामीहरुको वंशावली नहुंदा नाता पनि हराउंदै गएको अवस्थामा उमाकान्त पोखरेलले वंशावली पुस्तकले पोखरेलहरुको पुस्ता उतार्न सकिने र अब कहांबाट कहिले कहांकहां पोखरलका पुर्खाहरु बसाई सरको भन्ने पत्ता लाग्ने र हाम्रो सही प्रकारको वंशावली लिपिवद्व गर्न यो पुस्तकले ठूलो सहयोग पुराउने बताए ।

पुस्तकका लेखक उमाकान्त पोखरेलले तारु ज्योतिषीको धुर्कोट आगमनदेखि धुर्कोटकै नयांगाउ आगमन, तारु ज्योतिषीकी बहिनी भागाको विवहा, धुर्कोटे, अर्घाली राजाको मेलमिलाप तथा सीमाना कायमको प्रसंग, तार्त देउरालीको पूजा, धार्मिक सांस्कृतिक परम्परा र जैसिथोकका पुजेरीखल लगायत वंशावलीको विवरण लेखक उमाकान्त पोखरेलले पुस्तकमा लेखेका छन् ।

धुर्कोटबाट बसाई सरसाई गरी रुपन्देहीको बुटवल, सैनामैना लगायतका जिल्लाका विभिन्न ठाउंमा छरिएर रहेका भारद्वाज गोत्रीय पोखरेलहरुले रुपन्देही सैनामैना १ मा २०७६ सालमा कुलायन मन्दिर बनाएर पोखरेलहरुको आफ्नो धर्म, संस्कार मान्ने गरेका छन् ।

भारद्वाज गोत्रीय पोखरेलहरु एक ठाउंमा जमघट गर्ने मनसायले कुलायन मन्दिर बनाएर बनाईएको र अहिलेसम्म धेरै पोखरेलहरुसंग जोडिनका लागि कुलायन मन्दिरले महत्वपूर्ण काम गरेको भारद्वाज गोत्रीय पोखरेल समाज सैनामैना रुपन्देही अध्यक्ष यश्वर पोखरेलले बताए ।

भारद्वाज गोत्रीय पोखरेल समाज सैनामैना रुपन्देहीका अध्यक्ष इश्वर पोखरेलको अध्यक्षता, महेन्द्र पोखरेलको स्वागत र पवन पोखरेलको स्वागतमा पुस्तक विमोचन कार्यक्रम भएको थियो ।