साम्राज्यवादको आँखा नेपालको भूमिमाथि – चित्रबहादुर केसी

बुटवल, जेठ ६ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको बताएका छन् । प्रतिनिधिसभा सदस्य तथा सांसदसमेत रहेका नेता केसीले मंगलबार जेठ ६ गते प्रतिनिधिसभा बैठकमा प्रस्तुत “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२” माथि छलफलमा अध्यक्ष केसीले अब साम्राज्यबादको आंखा नेपालको भूमिमाथि परेको चित्रबहादुर केसीको भनाइ छ ।

नेपाल सरकारले पारित गरेको नीति तथा कार्यक्रममा भूमि बंककोे अवधारणा पास गरेपछि त्यसबारे टिप्पणी गर्दै अध्यक्ष केसीले टिप्पणी गर्दै भने – भूमिसम्बन्धी विधेयक अध्यादेशबाटै ल्याउन खोजेको प्रसङ्ग उप्काउँदै राष्ट्रपतिले दुई दिने रोकेको स्मरण गरे । ‘सम्माननीय राष्ट्रपतिले दुई दिनसम्म भूमिसम्बन्धी अध्यादेश रोक्नुभयो’ उनले भने – ‘उहाँलाई लाग्यो, दाल मे कुछ काला है ।’

काङ्ग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि विश्व बैङ्कका जागिरे डा. रामशरण महतलाई नेपाल झिकाएर नवउदारवादी नीति लागु गरेको बताउँदै उहाँले त्यसपछि नै नेपालमा उद्योगधन्दा निजीकरण हुन सुरु भएको बताए । पछिल्ला सरकारले डा. महतको साम्राज्यवादी अर्थनीतिलाई नै अगाडि बढाउँदै गइरहेको बताए ।

‘त्यसपछि निजीकरणको नाममा नेपालमा नवउदारवाद प्रवेश गरÞ्यो’ उहाँले भन्नुभयो– ‘अब नेपालका किसानलाई खाडी मुलुक पठाउन थालियो । धान निर्यात गर्ने देश चामल आयात गर्न थाल्यो । नवउदारवादी नीतिकै कारण युवाको विदेश पलायन तीव्र भएको धारणा राख्दै उहाँले त्यसपछि नेपालीका जमिन बाझो बन्न थालेको र त्यही जमिन साम्राज्यवादलाई सुम्पिन भूमि बैङ्कको अवधारणा ल्याइएको बताए ।

भूमि बैंक खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिँदै अध्यक्ष केसीले भने – सम्पूर्ण भूमिहीन किसानलाई जमिन दिनुपर्ने, जमिनलाई चक्लाबन्दी गरेर उत्पादन बढाउनुपर्ने र सहकारीमार्फत किसानको जीवनस्तर उच्च बनाउनुपर्छ । कृषिमा साम्राज्यवादी अर्थनीति भित्राउन भूमि बैंकको अवधारणा अघि बढाइएको विचार व्यक्त गर्दै सांसद केसीले मन्तव्यको क्रममा भने – नवउदारवादले देश पराधीन बन्दै गएको छ ।