पोलमा ठोक्किदा मोटरसाईकल चालक मृत्यु


कपिलवस्तु, जेठ १० गते । गोटीहवा – कुदान सडक अन्र्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान नजिकै पोलमा ठोक्किदा मोटरसाईकल चालको मृत्यु भएको छ ।

शुक्रवार साझ साढे ६ बजेतिर गोटिहवाबाट कुदानतर्फ आउदै गरेको लु ४१ प ६०१६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ४ डालपुरका ३६ बर्षिय सुरेन्द्र यादवको मृ्त्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय गोरुसिंगे अनुसार गम्भीर घाईते यादवको कपिलवस्तु अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।
























