जलवायु परिवर्तनकोे संकटप्रति चिन्ता


बुटवल, जेठ १० गते । विश्वामा जलवायु परिवर्तनको संकट बढेकोप्रति सरोकारवालाहरुले चिन्ता गरेका छन् । जलवायु परिवर्तनको संकट विश्वव्यापी रुपमा बढेकाले त्यसप्रति सजग र सचेत हुनुपर्ने उनीहरुले बताए ।

बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस वातावरणीय शिक्षा र चेतनाको अभिवृद्धिका लागि आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले जलवायु परिवर्तनको संकट गम्भीर बन्दै गएको बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईंले जलवायु संकटबारे नयाँ पुस्तामा वैज्ञानिक सोच र संवेदनशीलता विकास गर्नुपर्ने तर्क गरे । क्याम्पसले वातावरणीय विषयवस्तु समेटिएको अतिरिक्त पाठ्यक्रम विकास गर्ने तयारीमा रहेको जानकारी उनले जानकारी गराए । हामीले पठन–पाठनलाई व्यवहारिक बनाउँदै जलवायु शिक्षालाई समावेशी बनाउने बताउंदै उनले भने – जलवायु परिवर्तको संकट समाधानका लागि सबै सचेत बनौ ।

कार्यक्रममा सिडिएम नेपालका निर्देशक धर्मराज घिमिरे र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका परियोजना अधिकृत कृष्ण मल्लले जलवायु परिवर्तन, दैवीप्रकोपको जोखिम व्यवस्थापन, तथा स्थानीय अनुकूलन रणनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्रीकृष्णप्रसाद खनाल र श्रीरामनाथ उपाध्यायलगायत विभिन्न विभागका प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी १५० भन्दा बढीको सहभागिता रहेको थियो । जलवायु परिवर्तन चुनौती र समाधान विषयमा सिद्धार्थ गौतमबुद्ध क्याम्पसले तीन दिने कार्यक्रम आयोजना गरेको थियो । यो कार्यक्रम शनिबार सकिएको छ ।























