लेखक मनिकर कार्कीको ‘अर्थदृष्टि पुस्तक विमोचन


काठमाण्डौ , जेठ ११ गते । अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँपुस्तक ‘अर्थदृष्टि ः अल्पविकासको अर्थ–राजनीति’बजारमा आएको छ ।

नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम्त्यसकाजटिलता र चुनौतीहरूलाई गहन रूपमाविश्लेषण गरिएको यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज, राजनीतिएवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबुझ्न पाठकहरूलाई नयाँ दृष्टिकोणप्रदान गर्ने अपेक्षा गरिएको छ ।
शुक्रबार काठमाडौंमाआयोजित एक कार्यक्रममापूर्वप्रधानमन्त्रीएवम् नेपाल समाजवादीपार्टी (नयाँशक्ति) का अध्यक्षडा.बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंककागभर्नर डा.विश्वपौडेल, पूर्वमन्त्रीतथा नेकपा(एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्रीएवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, पूर्वमन्त्रीएवम् जनता समाजवादीपार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता एवम् अर्थशास्त्रीडा. कल्पनाखनालले संयुक्त रूपमापुस्तकको विमोचन गरेका हुन् ।

कार्कीको यो पुस्तकले नेपालको आर्थिक विकासमाबाधकबनेका संरचनात्मकसमस्याहरू, न्यूनउत्पादकत्व, र नीतिगतकमजोरीहरूलाई गहिरो रूपमाकेलाएको छ ।पूर्वप्रधानमन्त्रीडा.बाबुराम भट्टराईले विमोचन समारोहमाबोल्दै भने, ‘यो किताबनेपालको आर्थिक विकासको मार्गचित्र तय गर्न चाहने नीति–निर्माता, अनुसन्धानकर्ता रविद्यार्थीहरूकालागिअमूल्यपाठ्यसामग्रीहो ।यसले समस्याको जरोसम्मपुगेर समाधानकावैकल्पिकबाटाहरू प्रस्तुत गरेको छ ।’
अनुसन्धानकर्ताडा.कल्पनाखनालले किताबको विश्वव्यापी सान्दर्भिकताबारे प्रकाशपार्दै भनिन्, ‘नेपालको आर्थिक अवस्थालाई विश्व सन्दर्भको आर्थिक–राजनीतिक परिवेशसँग जोडेर विश्लेषण गरिएको यो किताबलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रासङ्गिकबनाएको छ ।’
पूर्वमन्त्री सुरेन्द्र पाण्डेले किताबमाविकासका संरचनात्मक समस्याहरूलाई विस्तृत र तथ्यपरक ढंगले प्रस्तुत गरिएको बताए ।उनले जोड दिँदै भने, ‘नेपालको विकास प्रक्रियामादेखिएकाअवरोधहरूबारे हरेकनागरिकले बुझ्न जरुरी छ, र यो किताबत्यसकालागि एक प्रभावकारी माध्यमबन्नेछ ।’
नेपाल राष्ट्र बैंककागभर्नर डा.विश्वपौडेलले किताबको ऐतिहासिकर समसामयिकविश्लेषणको प्रशंसा गरे ।उनले भने, ‘राणाकालदेखि नै नेपालीअर्थतन्त्रमादेखिएकाकमजोरीहरूलाई कार्कीले गहिरो अध्ययनका साथ प्रस्तुत गरेकाछन् ।वैकल्पिक अर्थतन्त्रको अवधारणालाई समेत समेटेर उनले आर्थिक लेखनमामहत्वपूर्ण योगदानदिएकाछन् ।’
त्यसैगरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीले पुस्तकले नेपालको वर्तमान अर्थराजनीतिको मिहिनविश्लेषण गरेको बताउँदै अर्थतन्त्र र विकासकाविषयलाई गतिशील र अद्यावधिक राख्नुपर्नेमा जोड दिइन् ।उनले भनिन्, ‘वर्तमान परिस्थितिमाहामीले कसरी उत्कृष्टनीति र रणनीतितय गर्न सक्छौँभन्ने कुरा बुझ्न यो किताबअत्यन्तउपयोगीछ ।’
कार्यक्रममाबोल्दै जनता समाजवादीपार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पुस्तकले अर्थशास्त्रका निरश कुराहरुलाई साहित्यिक र काब्यात्मक रुपमा प्रस्तुत गरेको उल्लेख गरे । ‘यो पुस्तकले सिंगो नेपालको आर्थिक इतिहास एवम् अर्थतन्त्रर समाजको एतिहासिकचरित्रकै मिहिनविश्लेषण गरेको छ’, उनले भने ।
श्रेष्ठले पुस्तकले वर्तमानमामुलुकको अल्पविकासका कारणहरु पहिल्याउन सफलभएको तर, त्यसबाटबाहिर निस्कनवानयाँअर्थराजनीतिकगन्तव्यको अन्तरवस्तु र संघीयताको आर्थिक स्वरुपबारे प्रकाशपार्नुपर्ने आवश्यकतासमेतऔंल्याएकाछन् ।
इन्डिगो इन्क प्रकाशनगृहद्वारा प्रकाशित यो पुस्तकको मूल्य६९९ रुपैयाँतोकिएको छ ।
यो मनिकर कार्कीको दोस्रो पुस्तकहो ।यसअघिउनको ‘वैकल्पिकअर्थतन्त्र’नामककिताबप्रकाशितभइसकेको छ, जसले नेपालको आर्थिक नीतिकावैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको थियो । ‘अर्थदृष्टि’ ले भने नेपाली अर्थतन्त्रको ऐतिहासिकचरित्र उत्खनन् गर्दैमुलुकको अल्पविकासको जटिलताहरूलाई राजनीतिकर सामाजिक सन्दर्भसँग जोडेर अझ व्यापकविश्लेषण प्रस्तुत गरेको छ ।






















