बहत्तरौँ सगरमाथा दिवस मनाइयो

काठमाडौँ । आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामका साथ मनाइएको छ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउदै आएको छ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए ।

सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको बिहीबार ७१ औँ वर्ष पूरा भएर ७२ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथास् नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

सो अवसरमा नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् ।