एकीकृत समाजवादीले बुझायो स्मरणपत्र


बुटवल, जेठ १५ गते । नेकपा एकीकृत समाजवादीले विकास निर्माणदेखि जनतासंग जोडिएका सरोकारका विषयमा सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समाजवादीले देशरभर नै सरकारलाई खवरदारी गर्दै सरोकारका विषयमा ज्ञापन पत्र बुझाएको हो । यस्तै नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाएको छ ।

सोही पार्टीका रुपन्देही अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत समरणपत्र बुझाएका हुन् ।
सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले स्थानीय, जिल्ला, प्रदेशका मागहरु स्थानीय पालिका, प्रदेशमा ज्ञापन पत्र र केन्द्रिय सरकारलाई स्मरणपत्र बुझाएको छ । प्रत्यक्ष रुपमा जनतासंग जोडिएका विषयहरुलाई जोडेर प्रधानमन्त्रीलाई ज्ञापनपत्रका मागहरु पुनः स्मरण गराउंदै स्मरणपत्र बुझाईएको एकीकृत समाजवादी रुपन्देही अध्यक्ष हिराध्वज शाहाले बताए ।
सडक, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले देशभरबाट ज्ञापनपत्र बुझाएको हो ।नेकपा समाजवादी बुटवल नगरले सडक, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका विषहरु समेटेर समाजवादीले देशभरबाट ज्ञापनपत्र बुझाएको छ ।
नेकपा समाजवादी बुटवलले यही बैशाख २२ गते ज्ञापनपत्र बुझाएको थियो उक्त ज्ञापनपत्रमा माग गरिउका मागहरु पुरा नभएको भन्दै पुनः बुटवल उपमहानगरपालिकाका नगथर प्रमुख खेलराज पाण्डेयलाई स्मरणपत्र बुझाएको हो । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकीकृत माजवादी पार्टीका अध्यक्ष चिनबहादुर गुरुङको नेतृत्वको टोलेलिले स्मरणपत्र बुझाएको हो ।

नेकपा एकीकृत समाजवादीका बुटवलका नेताहरुले स्थानीय तहले पूरा गर्ने माग पुरा गर्न आग्रह गर्दै प्रदेश र संघीय सरकारसमक्ष पु¥याउन बुटवलका नगरप्रमुखको ध्यानआर्कषण गराएका छन् ।
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा टिकटका लागि समेत घन्टौं लाइनमा बस्नुपरेको, बुटवल ज्योतिनगर लक्ष्मीनगरको पहिरो नियन्त्रण गर्नुपर्ने मोतीपुर औद्योगिक क्षेत्रमा ५० औं वर्षदेखि बसोबास गर्दै आएकाहरुको समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माण गर्न तथा भूमिहिन दलित सुकुम्बासीहरुलाई लालपूर्जा दिने व्यवस्था गर्न माग गरेको थियो ।
समाजवादी बुटवलले बुटवलको धागो कारखाना सञ्चालनका लागि विशेष जोड दिएकोा छ ।






















