कश्यप नमुना रोडा उद्योग कारवाहीमा, विक्री आदेश विना देवदहको चरङेबाट बुटवलको मगरघाटमा नदीजन्य पदार्थ थुपारियो


बुटवल, जेठ २० गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गोरकट्टामा रहेको कश्यप नमुना रोडा उद्योग कारवाहीमा परेको छ । नदीजन्य पदार्थ उत्खनन्को ठेक्का पाएको ठेकदार र क्रसर उद्योग सञ्चालक मिलेर अबैध रुपमा कश्यप नमुना रोडा उद्योग प्रालिमा लगेको प्रमाण भेटिएपछि कारवाहीमा परेको हो ।

तिलोत्तमा नगरपालिकाको डम्पिङमा लैजानु पर्ने नदीजन्य पदार्थ तथा गिटी, वालुवा र ढुंगा कश्यप नमुना रोडा उद्योगमा झारेको प्रमाण फेलापरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरेका छन् । बा ०३००१ ख ०७२५ नम्बरको टिप्परले तिलोत्तमा नगरपालिकाको घाटगर्दीमा लैजानुपर्ने नदीजन्य पदार्थ कश्यप नमूना रोडा उद्योगमा लगेको पुष्टि भएको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

नगरपालिकासंग सम्झौता भए अनुसार उक्त बा ०३००१ ख ०७२५ नम्बरको टिप्परले व्यक्ति वा प्रालिबाट सञ्चालन गरिएका क्रसरहरुमा नदीजन्य पदार्थ बोक्न पाउंदैन ।
नयां दिशा अनलाइनले रुपन्देहीका खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन् र ओसारपार भएको समाचार प्रकाशित गरेको थियो । नदीजन्य पदार्थको अबैध ढंगले उत्खनन् भएको समाचार बाहिरिएपछि रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र रुपन्देही प्रहर िप्रमुखसहितको टोलिले तिनाउ खोलाको विभिन्न ठाउंमा अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा नदीजन्य पदार्थको चोरी गरेर क्रसर उद्योगहरुमा थुपारेको प्रमाण भेटिएको हो ।
कारवाहीमा परेको कश्यप नमुना रोडा उद्योगमा नयां गिटी, वालु, ढुंगा जस्ता नदीजन्य पदार्थ राखिएकाले अर्को निर्णय नहुंदासम्म वा अनुमति नदिदासम्म कश्यप नमुना रोडा प्रालिले विक्री वितरमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारीले बताए । तिनाउ खोलामा नदीजन्य पदार्थको अबैध उत्खनन् र क्रसरहरुमा ओसापसरा भैरहेको समाचार आएपछि तिलोत्तमा नगरपालिकाले वडा नम्बर ६ को गोकट्टामा भैरहेको उत्खनन्कार्यमा रोक लगाएको छ ।
अबैध काम भएको जानकारी भएपछि अहिलेलाई गोरकट्टा क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् बन्द गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । अनुगमन गर्दा तिलोत्तमामा २ वटा, सैनामैनामा ६ वटा गाडी नियन्त्रणमा लिई कारवाही गरिएको रुपन्देही जिल्ला समन्वय समितिका संयोजक चापागाईले जानकारी गराए ।
यस्तै रुपन्देहीको देवदहको चरङेखोलामा उत्खनन् गरिएको नदीजन्य पदार्थ बुटवलको मगरघाटको पुलमुनी थुपारिएको छ। विक्री आदेस बिना एक ठाउंबाट अर्को ठाउं नदीजन्य पदार्थ ओसारपसरा गर्न पाईदैन । तर दिन दाहाडै मुख्य राजमार्गको बाटो प्रयोग गरेर टिप्परमा देवदहको चरङेबाट बुटवलमा ल्याएर डम्पिङ गरिएको छ । 
बुटवलको रामनगर प्रहरी कार्यालय अगाडीबाट अबैध तरिकाले दिउंसै नदीजन्य पदार्थ ओसारपसरा गर्दापनि प्रहरीले चेकजांच गरेन । अरुबेला चेकजांच गर्ने रामनगर प्रहरीले अबैध तरिकारले ल्याएको नदीजन्य पदार्थ बोकेको सवारी चेकजांच नगर्दा यसमा प्रहरीको पनि मिलोमतो हुन सक्ने स्थानीय तथा सरोकारवालाहरुको भनाइ छ । यो विषयमा यम रानासंग बुझ्दा मलाई थाहा नभएको र साथिहरुले ल्याएको भए मलाई थाहा भएन बुझेर फोन गरमला भने । 
यता रुपन्देहीका खोलाहरुमा भैरहेको नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसारपसराको समाजावादी मोर्चा रुपन्देही, नेकपा माआवादी केन्द्र र एकीकृत समाजवादी रुपन्देहीले बिरोध जनाएको छ । 
समाजवादी मोर्चा रुपन्देही संयोजक सरद सी, नेकपा माआवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसी र नेकपा एकीकृत समाजवादी रुपन्देही अध्यक्ष हिराध्वज शाहाले मंगलबार दिउंसो संयुक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ती जारी गरी अबैध रुपमा उत्न्खनन् गर्ने र ओसारपसरा गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।























