स्वास्थ्य क्षेत्रमा बेथिति, भैरहवाका १० वटा स्वास्थ्य संस्था बन्द

बुटवल, जेठ २८ गते । रुपन्देहीको भैरहवामा दर्ताबिना सञ्चालन गरिएका आठवटा क्लिनिक र दुई ल्याव गरी १० वटा स्वास्थ्य संस्था प्रशासनले बन्द गरेको छ । अनुगमन गर्दा दर्ताबिना सञ्चालन गरिउको भेटिएपछि अनुगमन समितिको सफिारिसमा क्लिनिक र ल्याव बन्द गरिउको हो ।

बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालन भैरहेको भेटिएपछि व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले बताए ।

१४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गर्दा १० वटा मापदण्ड विपरित सञ्चालन भएको भेटिएपछि बन्द गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी गराए । तिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पाइएको अनुगमन समितिको टोलिले बताएको छ । अनुगमन टोलिले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशन दिएको छ । फार्मेसी संचालनको अनुमती लिए पनि क्लिनिक संचालनको अनुमती नलिएको पाइएपछि बन्द गरिएको हो ।

बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा संचालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चम्सा पसलमा संचालित क्लिनिक छन् । यस्तै, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा ७ का हुन् ।

यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् । अनुगमनको क्रममा स्वास्थ्य संस्था मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमती नै नलिइ संचालन गरेको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी गराए ।

संचालन अनुमती नलिँदासम्म यी क्लिनिक र ल्याब संचालनमा रोक लगाइएको अनुगमन टोलिले जानकारी गराएको छ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षण मञ्च, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । यस अघि दर्ताबिना सञ्चालन गरिएका बुटवलका ६ वटा क्लिनिक बन्द गरिएको थियोख । बुटवलमा पनि अनुगमनको क्रममा दर्ताबिना सञ्चालन भएकामे सप्रमाण भेटिएपछि बन्द गराईएको हो ।

बुटवलमा धेरै क्लिनिक खोलिएपनि केही दर्ताबिना सञ्चालन भएका भेटिएपछि कारवाही गरिएको हो ।