नयां दिशाकर्मी वली पृतिशोकमा

बुटवल, जेठ ३० गते । हाम्रो नयां दिशा अनलाइनका सह– सम्पादक तथा पत्रकार नारायण वली पितृ शोकमा परेका छन् । पत्रकार वलीका पिता मोतिलाल वलीको यही जेठ २९ गते बिहीबार विहान निधन भएको हो ।

लामो समयदेखि विमारी रहेका दाङस्थित घोराही ५ धवलाडाँडा निवासी ८० वर्षिय मोतिलालको आफ्नै घरमा निधन भएको हो । स्व. मोतिलाल वली मुटु रोगी थिए । उनको बुटवलमा उपचार गरेपछि थप उपचार काठमाण्डौमा गरिएको थियो । मुटुको शल्यक्रिया गर्न नमिल्ने भएपछि ८० वर्षिय मोतिलाल वलीलाई केही दिन बुटवलमा आरम गराई दाङको घोराही घरमा लगिएको थियो ।

 

स्व. मोतिलाल वलीका श्रीमतीसहित दुई छोरा र तीन छोरी छन् । हाम्रा सहकर्मी नारायण वली मोतिलालका कान्छा छोरा हुन् ।स्व. वलीको स्थानीय घाटमा अन्तिम दाहासंस्कार गरिएको छ।

स्व. मोतिलाल वलीप्रति नयां दिशा परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दै घरपरिवारमा आफन्तजनमा गहिरो समवेदन व्यक्त गर्दछ । नारयाण वली लामो समयदेखि बुटवललाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका छन् ।