यातायात व्यवसायीका लागि भारतीय गाडी बाधक

बुटवल, असार ६ गते । भारतीय ओभरलोड गाडीले नेपालका सडकका लागि बाधक बनेका छन् । नेपालका सडकहरको क्षमता भन्दा बढी भार भएका भारतीय मालबाहक गाडिहरु नेपालमा निर्वाद रुपमा चलाउने गरिएको छ ।

सडकको क्षमता धान्ने नसक्ने खालका भारतीय मालबाहक गाडिहरुले सडकसंगै बुटवल नारायणघाट सडक खण्डमा पर्ने पुलहरु भत्किएका छन् । पुल मात्रै होइन मुख्य सडक नै भारतीय गाडिहरुले भत्काएका छन् । भने भारतीय गाडिहरुसंग नेपाली गाडिले प्रतिष्पर्दा गर्न नसक्दा यातायात व्यवसायी समस्यामा परेका छन् ।

भारतीय ओभरलोड गाडीले बुटवल– नारायणघाट सडक खण्डमा पर्ने ३ वटा पुल ध्वस्तपारेपछि रुपन्देही प्रशासनले भारतीय ट्रकहरुको भारमिलानका लागि चासो देखाएको छ । यो विषयमा नेपाली यातायात व्यवसायीले आवाज उठाउंदै आएपनि प्रशासनले खासै चासो देखाएको थिएन । यातायात व्यवसायीहरु प्रमुख जिल्ला अधिकारीको कार्यालयमा डेलिकेसन जांदा र यातायात व्यवसायहरुको कार्यक्रममा प्रशासन र जनप्रतिनिधिहरुले चासो दिएपनि व्यवहारमा कुनै चासो दिईएको थिईएन । तर पछिलो समय तथा केही दिन अघि भारतीय ओभरलोड समान बोकेका गाडीहरुका कारण पुल भत्केर सडक अवरुद्व भएपछि प्रशासनले चसो देखाएको हो ।

भामरतबाट रुपन्देहीको सुनौली नाकाबाट नेपाल प्रवेश गरेका ओभरलोड मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुलहरु भत्किएपछि रुपन्देहीको प्रशासनले भारतीय ट्रकको भारमिलानको विषयमा चासो देखाएको हो । तर भारतबाट सुनौली नाका हुंदै नेपाल भित्रिने भारतीय ओभरलोग गाडी आउनेक्रम नरोकिएको र केही पल्टी भने हुन थालेको पश्चिमाञ्चलयातायातव्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भारतीय ओभरलोडका मालवाहक गाडी तथा सवारी साधनहरु भन्सार विन्दुमै भारमिलान गरेर मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय रुपन्देहीका प्रमुख जिल अधिकारी वासुदेब घिमिरेले बताए ।
भारतीय गाडीलाई ओभरलोड छुट दिदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोरो मापदण्ड हटाउन सरकारसंग पहिलेदेखि नै माग गर्दै आएका छन् ।

ट्रक व्यवसायीको मागमात्र हैन भारतबाट भित्रिएका ओभरलोड मालवाहक सवारी साधनकाकारण बुटवल–नारायणगढ सडक खण्डका ३ वटा पुलमा क्षती पुगेको छ । भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी सडक भत्किएका कारण पटक– पटक मर्मत गरिएको छ
।भारमिलान सम्बन्धी कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी निर्णय गरिएपनि कार्यन्वयन भने ुहन नसकेको ट्रक व्यवसायीहरुको गुनासो छ ।

यातायात व्यवस्था कार्यालय, बुटवल (सवारी), ट्राफिक प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयको आपसी समन्वय एवं सहकार्यमा भारमिलान सम्बन्धी कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने जिम्मेवारी भएपनि कार्यान्वयन हुन सकेको छैन ।
नेपाली नम्बर प्लेट भएका नेपालमा सञ्चालन हुने ढुवानीका सवारी साधनका हकमा तोकिएको भार क्षमता भित्रमात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने गरिएको छ ।

भैरहवाभन्सार कार्यालयमा तौल मेशीन रहने स्थानमा भैरहवाभन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी संघबाट खटिएका एक– एक जनाप्रतिनिधिले निरिक्षण गरेर भारवाहन क्षमता भित्र रहेको सुनिश्चित गरेर मात्र सवारी साधन पास हुने व्यवस्थासमेत गरिएको छ । तर व्यवहारमा त्यस्तो हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भारमिलान सम्बन्धि गरेको निर्णयको पश्चिमाञ्च लयातायात व्यवसायी समितिका अध्यक्ष् ाटिकाराम गौतमले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भारमिलानको निर्णय स्वागत योग्य रहेको तर व्यवहारमा कार्यान्वय नभएको मिसन टुडेसंग गुनासो गरेका छन् ।

भारतीय गाडीहरुको ओभर लोड भन्सार बिन्दुमै मिलानगर्नेे व्यवस्थाले नेपालका सडक र पुलको संरक्षण हुने र नेपाली ट्रक व्यवसायीको लगानी सुरक्षित हुने अध्यक्ष गौतमले बताउंदै अध्यक्ष गौतमले भने – कार्यान्वयन नहुंदा अवस्था पुरानै छ । समस्या यथावत छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले प्रशासनले चाहेका भारतीय ओभरलोड समान बोकेका गाडीहरु रोकेर मापदण्ड अनुसार चल्न दिन सकिने बताए ।

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । तर उक्त निर्दैशिका अनुसार काम भएको छैन । यातायात तथा ट्रक व्यवसायीले निर्देशीका २०७४ लाई कार्यान्वयनमा ल्याउन सरकारसंग माग राख्दै आएका छन् ।

निर्देशिकाको बुंदा नम्बर १० मा तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी नेपाल आएका भारतीय गाडी तथा सवारी साधनहरुलाई प्रचलित कानून अनुसार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टनसम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिदा ट्राफिक प्रहरीले १ हजार ५ सय रुपैया जरिवाना लिएर नेपालभर भारतीइ गाडीहरु प्रवेशको स्विकृति दिने गरेको छ । जसले सीमा नाकामा प्रहरीसंग भारतीय गाडीधनीहरुको मिलोमतो रहेको यातायात व्यवसायीको आरोप छ ।