बुटवलमा रोजगार मेला

बुटवल, असार १७ गते । बुटवल उपमहानगरपालिकाले बुटवलामा रोजगार मेला आयोजना गर्ने भएको छ । बेरोजगारीलाई रोजगारी बनाउने उद्वेश्यले उपमहानगरले रोजगार मेला आयोजना गरेको हो । यस अघिपनि रोजगार मेला आयोजना गर्दै आएको बुटवल उपमहानगरपालिकाले यही असार १८ गते रोजगार मेला आयोजना गर्दै छ ।

एक दिने उक्त रोजगार मेला बुटवलको कालिकारनगरस्थित दियाले फुडल्यान्डमा बिहान १० बजेदेखि सांझ ५ बजेसम्म हुने छ । उक्त रोजगार मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराईएकोा छ ।

पालिकामा रोजगारीका अवसरहरु सिर्जना गरी आर्थिक समृद्धिलाई बढावा दिनका लागि विगत वर्षदेखि बुटवलमा रोजगार मेला आयोजना गर्ने गरिएको छ ।बुटवल उपमहानगरपालिकाले लिएका लक्ष्य प्राप्त गर्न मानवीय विकासले महत्वपूर्ण भूमिका खेल्ने भएकाले रोगार मेलाका साथै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको नगर प्रवक्ता शिव रानाले बताए । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रवक्ता शिव रानाले एक दिने बुटवल रोजगार मेलाले विभिन्न क्षेत्रका रोजगारदाता, आवश्यक जनशक्तिका बारेमा अभिलेखिकरण हुने, सीप र परामर्श समेतको अवसरबाट युवा बेरोजगारीलाई कम गर्न सकिने बताए ।

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर“ को सपनालाई साकार पार्न र पालिकामा रोजगार, अवसर खोजिरहेका युवाहरु, सेवा प्रदायक एवं रोजगारदाता, तालिम प्रदायक संस्थाहरुलाई एउटै स्थानमा ल्याएर उद्योग, व्यवसाय, पर्यटन, होटल, प्रविधि, कृषि, सेवा, उत्पादन लगायतका क्षेत्रका अवसर तथा सूचना, सीप परामर्श दिनका लागि मेला आयोजना गरिएको बुटवल उपमहानगरपालिकाले बताएको छ ।
रोजगार प्रदायक संस्था, तालिमप्रदायक संस्थाहरु र दक्ष, अर्ध दक्ष युवाको तथ्याकं संकलन गरी सूची तयार सहित बुटवल रोजगार पोर्टलमा समावेश गरिने छ ।

वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने छ । त्यस्तै सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमका अवसरबारे जानकारी गराईने छ । रोजगार खोज्ने युवाहरु र रोजगारदाता बीच प्रत्यक्ष सम्पर्क गराई रोजगारका अवसर तथा सूचना सम्प्रेषण गरीने र निःशुल्क सञ्चालन हुने सीपमूलक तालीमहरु सम्बन्धी विज्ञहरुबाट जानकारी गराइने कार्यक्रम रहेको छ । रोजगारको अवसर प्राप्त गर्न सकिने उक्त एक दिने रोजगार मेलामा स्थानीय उत्पादनको बारेमा जानकारी गराई स्थानीय उत्पादनलाई प्राथमिकता इिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।

अध्ययन पश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योग धन्दा खोल्नु भन्दा दक्ष जनशक्ति पलायन हुने क्रममा आयोजना गरिएको रोजगार मेलाले युवा शक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न मद्वत पुग्ने बुटवल उपमहानगरपालिकाले दाबी गरेको छ ।

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले बुटवलमा बुटवल रामेजगार मेला आयोजना गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । रोजगार मेलामा करिब ४ हजार जना सम्मको अवलोकन सहितको सहभागिता रहने बुटवल उपमहानगरपालिकाले अनुमान गरेको छ ।
युवा, विद्यार्थीले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायसगं सम्बन्धीत रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ । रोजगार मेलाबाट उधोग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउने र बेरोजगार युवाहरुले स्थानीयस्तरमा रहेको उद्योग तथा व्यवसायहरुसंग उपलव्ध विभिन्न रोजगारीका अवसर थाहा पाउने उपमहानगरपालिकाका प्रवक्ता रानाले बताए ।
तालिम प्रदायक संस्थाबाट सीपमूलक तालिम र अवसरको जानकारी गराइने कार्यक्रम रहेको छ ।

यस अघि गत वर्ष आयोजना गरिएको बुटवल रोजगार मेलाले ३८ जना युवालाई रोजगारी बनाएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता शिव रानाले बताएका छन् ।