तिलोत्तमा उवासंघले मनायो ११ औ स्थापना दिवस


बुटवल, असार १९ गते । तिलोत्तमा उद्योग वाणिज्य संघ स्थापना भएको ११ वर्ष पुग्यो । तिलोत्तमा क्षेत्रका उद्योगी वयवसायीहरुको छाता संस्था तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा रुपन्देहीले स्थापनाको ११ औं स्थापना दिवस बुधवार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईउको हो ।

उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले उद्योगी व्यवसायीहरुको संरक्षण गर्नुपर्ने र संरक्षण गर्ने दायित्व राज्यको भएको बताए । पछिल्लो समय उद्योगी व्यवसायीका समस्या बढेर गएको बताउंदै समस्या र चुनौतीसंगै अवसर पनि भएकाले उद्यागीहरुलाई नआत्तिन आग्रह गर्दै तिलोत्तमाको स्थानीय सरकार तपाईहरुको साथमा छ, समस्या छन् । समस्या समाधान गरेर अगाडी बढ्ने हो भने ।
नगर प्रमुख खांणले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरु बढी समस्यामा देखिएकाले यो विषयमा राष्ट्रय बैंकले व्यवासायीलाई सहजको अवस्था मिलाउनु पर्ने र यो विषयमा संघीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । देशकै लागि तिलोत्तमा सम्भावित क्षेत्र भएको बताउंदै स्थायी प्रदर्शनीस्थल नहुंदा उद्योगी व्यवसायीले औद्योगिक मेला महोत्सव सञ्चालन गर्न समस्या भएकाले नदी उकासको जग्गा खाजेर समस्याको समाधान गर्ने आश्वासन दिए । नगर प्रमुख खांणले स्थायी प्रदर्शनीस्थलका लागि नीति तथा कार्यक्रममा उल्लेख भएको र वजेटसमेत विनियोजन गरिएकाले सबैसंग मिलेर तत्काल जग्गाको खोज ीगर्ने र त्यसका लागि आफुले समय व्यवस्थापन गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले उद्योगी वयवसायीका समस्या थपिदै गएको बताउंदै यो विषयमा तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गरे । खुल्ला सीमाना, आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी संकटमा परेको गुनासो गर्दै उनले भने– देश सञ्चालनको प्रमुख मेरुदण्ड उद्योगी व्यवसायी भएको चर्चा गर्दै उद्योगी व्यवसायीका समस्या समाधान नहुंदासम्म आर्थिक रुपमा देश अगाडी बढ्न सक्दैन ।
तिलोत्तमा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुणनिधी भण्डारीले आर्थिक मन्दीले समस्यामा परेका उद्योगी व्यवसायी विस्थापित हुने अवस्था आएकाले सरकारले नीजि क्षेत्रका समस्या बुझ्न नसकेको बताए ।
सिद्वार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले सरकार नीतिगत रुपमा अष्पष्ट हुंदा देशका थुप्रै उद्यागी व्यवसायी विस्थापितको अवस्थामा पुगेको बताउंदै उद्योगहरु नविकरण हुन नसक्दा जटिलता पैदा भएको बताए ।
उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीका सम्पती रोक्का भएकोबारे उल्लेख गर्दै सरकारले तिनै उद्योगी व्यवसायीलाई निचोरेर राजश्व संकलन गर्न थालेको बताए ।
उक्त कार्यक्रममा उद्योगी व्यवसायी दुर्गाप्रसाद खरेल, नेत्र न्यौपाने, शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने लगायतले बोलेको थिए ।
संघको स्थापना दिवसको अवसरमा उद्योगी व्यवसायी दुर्गाप्रसाद खरेल, नारायणप्रसाद पराजुली र शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेलाई सम्मान गरिएको छ । त्यस्तै अन्जना माझीलाई छात्रावृति प्रदान गरिएको छ ।
संघका महासचिव रामकुमार पाण्डेयको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले धन्यबाद ज्ञापन गरेका थिए ।






















