कान्तिको मायां भन्दा दलीय भाग बण्डाको मायां


श्यामलाल पोखरेल

बुटवल, असार २० गते । पढाईमा अब्बल मानिने बुटवलको कान्ति माध्यमिक विद्यालय एक शैक्षिक सत्र बढीको समयसम्म विद्यालय व्यवस्थापन समितिविहिन बन्यो । जसले गर्दा विद्यालयको पढाई नै प्रभावित भयो । राम्रै रिजल्ट दिंदै आएको विद्यालय केही दिन अघि सार्वजनिक भएको एसईईको रिजल्टमा कमजोर देखियो ।
राजनीतिक भागबण्डा नमिल्दा विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यार्थीको पढाईसमेत प्रभावित भयो । तर यो विषयमा पदीय भागबण्डा खोज्दै आएका कांगे्रस, एमाले, र माओवादीले विद्यार्थीको भविश्यप्रति ध्यान दिएनन् ।
कांगे्रस र एमालेका कारण कान्ति माविले एक शैक्षिक सत्र विद्यालय व्यवस्थापन समिति नपाउंदा विद्यार्थीको पढाई प्रभावित बनेको सोही स्कुलमा पढाउने एक अभिभावकले बताए । 

२०८० बैशाख २ गते विद्यालय व्यवस्थापन समितिको समय सकिएको थियो । व्यवस्थापन समितिको समय सकिएपछि पटक–पटक विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रयास गरिएको थियो । स्कुलमा व्यवस्थापन समिति नहुंदा शिक्षहरु नियुक्त गर्न समस्या भएपछि विद्यार्थीलाई एक शैक्षिक सत्र आलटाल गरेर दिन बिताईयो । पुरा सरहरु नहुंदा भनेजस्तो पढाई नभएको कक्षा १० मा पढ्दै गरेका विद्यार्थी प्रविन पोखरेलले बताए ।
पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयां समिति गठन गर्ने बेला कांगे्रस र एमालेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दाबी गरेपछि विद्यालय व्यवस्थापन समितिविहिन बनेको हो । विद्यालय व्यवस्थापन समिति नहुंदा विद्यालयलाई आवश्यक पर्ने २५ जना शिक्षकको दरवन्दी खाली रहंदा पठन पाठनमा एक वर्ष समस्या आएको प्रध्याध्यापक गोविन्द ज्ञवालीले बताए । प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार शिक्षकहरु दरबन्दी गर्न नसकिएपछि १२ जना शिक्षकलाई मासिक ज्यालादारीमा राखियो ।
शिक्षकहरुलाई धेरै पिरेड पढाउन लगाएर जनतन विद्यालय चलाईयो । २०८० चैत्रमा ६ जना शिक्षकका लागि विज्ञापन गरिएपनि अव्यवस्थापन समिति नहुंदा विद्यालयले जांच लिन सकेको थिएन । पुरानो. शैक्षिक सत्र सकिनै लाग्दा र नयां शैक्षिक सत्र शुरु हुने बेला २०८१ चैत ३ गते आइतबार राजनीतिक दलका स्थानीय नेताहरु विद्यालय व्यवस्थापन समिति गठनका लागि बसेको बैठक बसेका थिए । तर भागबण्डा नमिल्दा बैठक निष्र्कषविहिन भएपको थियो । त्यसपछि पटक– पटक पहल गर्दा पनि कांगे्रस र एमालेवीच भागबण्डा नमिलेपछि कान्ति मावि विद्यालय व्यवस्थापन समितिविहिन स्थानीइ नारायण नागलिाले बताए ।
अध्यक्षका लागि एमाले र कांगे्रसले दाबी गरेपछि कान्तिले व्यवस्थापन समिति पाउन नसक्दा कान्तिबको कन्तबिजोग भएको हो । यस अघि विद्यालय व्यवस्थापन समिति गठनका लागि ३२ जनाले मनोनयन दर्तासमेत गरेका थिए । निर्वाचनको मिती नतोकी मनोनयन गरिएपनि निर्वाचन हुन सकेको थिएन । पछिल्लो समय चौतर्फी बिरोध भएपछि यही असार २१ गते विद्यालय व्यवस्थापन समितिका लागि निर्वाचन हुंदै छ ।
यही २१ गते हुने निर्वाचनका लागि सत्ता साझेदारी दल कांगे्रस र एमाले एक ठाउ देखिएका छैनन् । कांगे्रस, रास्वपा र विप्लव नेतृत्व नेकपाकोे भित्रभित्रै उएटा गठबन्धन बनेको छ । त्यस्तै एमाले एक्लै निर्वाचनमा जाने तयारी गरेको छ । एमालले कसैका साथ नपाएपछि उ एक्लै भएको हो । त्यस्तै माओवादी केन्द्रले यो समाचार तयार पार्दासम्म कतै खुलैको छैन । माओवादी केन्द्र कता पद पाहिन्छ भन्दै हेर र पखको अवस्थामा रहेको देखिन्छ ।
एउटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति बनाउन भित्रभित्रै संसदीय चुनाव जस्तै गरी चुनाव लागेको छ । कांगे्रस, एमाले र माओवादी लगायतका दलका कार्यालयहरुबाट कान्तिको व्यवस्थापन समिति बनाउन बसउठ भैरहेको ठूलै चलखेल भैरहेको छ । भित्रभित्रै आआफ्नो पक्षमा मत पार्न ठूलै चलखेल भैरहेको कान्ति माविका अभिभावक शंकर पोखरेलले बताए ।
कान्ति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति नबन्नुमा दलीय शिक्षकहरुको ठूलो हात रहेको एक कर्मचारीले बताए । राजनीतिक दलहरुको आडमा कांगे्रस र एमाले निकट शिक्षकहरु नजिकैका पार्टी कार्यालयहरुमा धेरै देखिन्छन् । नेताहरुसंग नजिक हुने र आफ्नो स्वार्थ अनुकुल काम गर्नमा एमाले निकट शिक्षक तारा गौतम, राजेन्द्र पौडेल र भ्वाईस प्रिन्सिपल केदारनाथ ज्ञवाली स्कुलको समयमा पनि पार्टी कार्यालयमा समय बिताउने गरेको आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक शैक्षिक व्यक्तिले बताए ।
त्यस्तै कांगे्रस निकट शिक्षकहरु विश्वनाथ न्यौपाने, खुमराज पौडेल र लिलाधर पाण्डे स्कुलको समयमा पनि कांगे्रस पार्टी कार्यालयमा गएर साठगाठ गर्ने गरेको आरोप छ । त्यस्तै माओवादी केन्द्र निकट मानिने दिपक बस्याल र विष्णु ज्ञवालीले पनि स्कुललाई भन्दा पार्टी कार्यालयलाई बढी समय दिने गरेको आरोप छ ।
विद्यार्थीलाई बढाउन भन्दा बढी पार्टीको राजनीति गरेका शिक्षकका कारण पनि कान्तिले शान्ति पाउन नसकेको र भने जस्तो रिजल्ट दिन नसकेको एक अभिभवाकले बताए । तिनै दलका शिषकहरुले आआफ्नो पार्टीलाई खुशी पारेर आफ्नो जागिर सधैभर कान्ति माविमा थमौती गराउने चलखेलका कारण कान्ति मावि झनपछि झन कमजोर हुंदै गएको छ ।
शिक्षकहरु दलीय स्वार्थमा बढी केन्द्रित भएपछि विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवाली समस्यामा परेका छन् । शिक्षकहरु दलीय नेत बनेपछि प्रध्यानाध्यापकले शिक्षकहरुलाई कजाउन नसक्ने अवस्था रहेको एक शिक्षकले बताए ।






















