देश आलोचनात्मक चेतबाट आक्रान्त


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले आलोचनात्मक चेतबाट आक्रान्त भएको टिप्पणी गरेका छन्। शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आलोचनात्मक होइन, विश्लेषणात्मक चेतको आवश्यकता रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले हरेक कुरामा आलोचना मात्र नभई रचनात्मक सुझाव र टिप्पणी जरुरी रहेकोमा जोड दिए। उनले भने, ूआलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई। आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश। जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव आवश्यक छ। विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ, कमजोरी भएका ठाउँहरू देखाउन सकिन्छ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे। उनले प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउनु राम्रो हुने धारणा राख्दै ू४० कटेपछि रमाउँलाू भन्ने गीतमा नअल्झन सुझाए ।

उनले सन्तानले डाँडाकाँडा ढाकुन्ु नभन भनी चलाइएको जनचेतनाले उल्टो असर पारी सन्तान नै नजन्माउने परिस्थिति सिर्जना भएकोमा चिन्ता व्यक्त गरे। विकसित देशहरूमा समेत जनसंख्याको वृद्धिदर ऋणात्मक हुँदा यसले समग्र विश्वलाई प्रभावित गरी मानव अस्तित्वमाथि नै सङ्कट आउन सक्ने चेतावनीसमेत उनले दिए।






















