विष्ट एकता समाज नेपालको अध्यक्षमा जगत विष्ट

बुटवल, असार ३० गते । कौशिक गोत्रीय विष्टहरुको संस्था विष्ट एकता समाज नेपालको दोस्रो अधिवेशन तथा पुस्तावली पुस्तकको विमोचन भएको छ । कौशिक गोत्रीय विष्ट एकता समाज नेपालको अधिवेशन र विष्टहरुको वंशावली उतारिएको पुस्तक विमोचन कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

अधिवेशनबाट पूर्व प्रहरी उपरिक्षक जगतबहादुर विष्ट सर्वसम्वत रुपले अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष, पदाधिकारी र सदस्यहरुका लागि निर्वाचन समिति गठन गरिएपनि जगतबहादुर विष्ट अध्यक्ष रहेको समिति सर्वसम्वत रुपमा चयन गरिएको हो । पदाधिकारीसहित २१ सदस्य रहेको कौशिक गोत्रीय विष्ट एकता समाज नेपालको केन्द्रिय समिति गठन गरिएको समाजका नवनिर्वाचित महासचिव हरिबहादुर विष्टले जानकारी गराए ।
समाजको उपाध्यक्षमा लिलबहादुर विष्ट, उपाध्यक्ष दिपेन्द्र विष्ट, महासचिव हरिबहादुर विष्ट, सचिव शुसीलकुमार विष्ट, कोषाध्यक्ष चन्द्रबहादुर विष्ट र सह कोषाध्यक्षमा चन्द्रबहादुर विष्ट रहेका छन् ।
त्यस्तै समाजको सदस्यहरुमा गुमानसिंह विष्ट, सिद्वराज विष्ट, कृष्णबहादुर विष्ट, सुजनबहादुर विष्ट, गंगाबहादुर विष्ट, शशी विष्ट, इन्द्रबहादुर विष्ट, गंगालाल विष्ट, चन्द्रबहादुर विष्ट, टिका विष्ट, भगवती विष्ट, सिर्जना विष्ट, नेत्रबहादुर विष्ट र लालबहादुर विष्ट चयन भएकोसमेत महासचिव हरिबहादुर विष्टले जानकारी गराए ।

यस अघि अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा प्रा.डा बुद्वबहादुर थापाले दाजुभाईवीचको सम्बन्धलाई प्रघाट बनाउनु पर्ने बताउंदै आफ्नो वंशावली तयार गरेर छरिएर रहेका दाजुभाईलाई एकीकृत गर्ने काम सकरात्मक भएको बताए ।
उनले दाजुभाईवीचको नता सम्बन्ध र पुराना संस्कार, संस्कृतिबारे नयां पुस्तालाई हस्तान्त्रण गर्नुपर्नेमा जोड दिए । संविधानले जातीय विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै हामीले जातीय र क्षेत्रीयताका विषयलाई प्राथमिकता दिन नहुने तर दाजुभाईवीचको सम्बन्ध बढाउनका लागि वंशावली खोज्ने कार्यले समाजमा सकरात्मक सन्देश दिने बताए ।

कार्यक्रममा अधिवक्ता तथा नागरिक अगुवा पदमबहादुर कार्की, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा प्यूठान रुपन्देही– सम्पर्क मञ्चका अध्यष श्यामलाल पोखरेल, दिपक विष्ट, पदम विष्ट, गुमानसिंह विष्ट, हुकुमबहादुर विष्ट, विजय विराज विष्ट, हिरा विष्ट लगायतले आआफ्ना भनाइ राखेका थिए ।

वरिष्ठ अधिवक्ता प्रा.डा. बुद्वबहादुर थापाले विष्ट एकता समाजको अधिवेशन उद्घाटन गर्नुका साथै देशभरका विष्टहरुको वंशावली उतारिएको पुस्तक विमोचन गरेका हुन् ।

जगतबहादुर विष्टको अध्यक्षता, हरिबहादुर विष्टको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष चन्द्रबहादुर विष्टले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।