जलकुन्डीवासीले आश्वासन पाए सिंचाई पाएनन्


श्यामलाल पोखरेल

बुटवल, साउन ५ गते । दाङको लमही नगरपालिका वडा नम्बर ९ का ओमबहादुर रामिजालको कुनै नोकरी छैन । उनको ठूलो आम्दानी हुने खालको कुनै व्यापार व्यवसाय पनि छैन । उनी कृषिमा आत्मनिर्भर सामान्य किसान हुन् । घर चलाउने उनको पुर्खौली पेशा निर्वाहमुखि कृषि नै हो ।
२१ कठ्ठा खेतमा खेतीपाती गरेर जनतन जीविका चलाएको छु, मेरो कुनै नोकरी छैन । कृषिमा पनि भने जस्तो छैन । वर्षभरी दुख्ख गरेर जनतन खान पुराउने गरेको छु उनले भने । ५३ वर्षका रामिजाल पढेलेखेका पनि छैनन् । खेतीपाती गरेर जनतन ६ जनाको परिवार पालेका छन् ।
कृषिबाटै सबै घरखर्च चलाउंदै आएका रामिजाल बेमौसमी तरकारी उत्पादन गरेर आम्दानीको श्रोत बढाउने सोंचमा डुबेको वर्षौ भयो । उनले सोंचे अनुसार आधुनिक तरिकाले खेतीपाती गर्ने र बेमौसी तरकारीहरु उत्पादन गरेर आम्दानी बढाउने सोंच रहेपनि सोंच अनुसार केही गर्न नसकेको गुनासो गरे ।
सिंचाई र विद्युतको सुविधाको आश्वासन पाएपछि भोट दिएर जिताएका ओमबहादुर रामिजाल एक पात्रा हुन । उनी जस्ता जलकुन्डी गाउंका ५० घर बढीका सयौ सर्वसाधारण किसनाहरुले आश्वासन पाएपछि भोट दिएका थिए । बेमौसमी तरकारी उत्पादनका साथै आधुनिक तरिकाले खेतीपाती गर्ने उनको सोंच र चाहानाको बाधक बनेको सिंचाई । सिंचाईको सुविधा नहुंदा सोंचे अनुसार कृषि उत्पादन गर्न नसकेको उनले बताए ।

केयौं पटक सिंचाईका लागि कुलो, पाइप, मटर र टु फेसको विद्युत तारको व्यवस्था गर्दिन्छौ भनेर चुनावमा भोट दिएको कहानी सुनाउछन् उनी । तर चुनाव जितेपछि सिंचाई र विद्युतको सुविधा दिन्छौ भन्ने नेताहरु फर्केर नआएको गुनासो गर्दै उनले भने – लोभलालच देखाएर कांगे्रसलाई भोट हालिम अहिले केही पाएनौ । हाम्रा भोटले जितेर किसनाका लागि केही गरेनन् । कांगे्रसलाई भोट हालेर केही पाएनौ ।
२०७९ र त्यस अघिको चुनावमा पनि सिंचाईको प्रलोभन देखाएर भोट मागेकाहरुसंग लमही नगरपालिका वडा नम्बर ९ जलकुन्डीका सर्वसाधारणहरु रिसाएका छन् ।
राजमार्गसंग जोडिएको जलकुन्टी कृषि उत्पादनका लागि सम्भावित ठाउं हो । जहां कृषि उत्पादनका लागि उर्वरभूमि मानिन्छ । तर सिंचाईको अभावले त्यहां भने जस्तो कृषि उत्पादन हुन सकेको छैन ।
बेमौसी विभिन्न प्रकार तरकारी, गहु, मकै, धान, आलु, प्याज, लसुन, टमाटर लगायत नगदेवाली सिंचाई विनापनि आकाशे पानीको भरमा राम्रै उत्पादन हुने गर्दछ ।
सानो वस्ती र थोरै घरहरुको उक्त जलकुन्डीका सर्वसाधारण किसानहरुको खेतवारीको पुच्छराबाट कालिखोला बगेको छ । खेतवारीसंग जोडिएर कालीखोला बगेपनि त्यहां किसनाहरुका लागि सिंचाईको कुनै सुविधा छैन । कही कतै पहुंच नभएका आर्थिक रुपमा पनि कमजोर भएका किसनाहरुले कालिखोलाको पानी हेर्दै खेतवारीमा काम गर्ने गर्दछन् ।
नजिकै खोला भएपनि उनीहरुले खेतवारीमा सिंचाई गर्न सकेको छैनन् । जसले गर्दा भने जस्तो गरी कृषि उत्पादन गर्न सकेका छैनन । स्थानीय पालिकासंग सिंचाई, विउविजन र मल मागेपनि केही नदिएको गुनासो गर्दै हाम्रा समस्या कुसले बुझ्देला भन्दै हाम्रा समस्याका बारेमा लेख्दिन जलकुन्डीका किसानहरुले आग्रह गरे ।
यो विषयमा लमही नगरपालिकाका मेयर जोगराज चौधरीसंग बुझ्दा जलकुन्डी गाउंमा विद्युत थप विस्तार र सिंचाईंको अभावबारे कुरो आएको थियो, मैले विद्युतका लागि विद्युत अफिसमा कुरा गर्दिको बताए । सिंचाईका लागि वडामा परेको वजेटबाट भएपनि केही सहयोग पुराउने बताउंदै मेयर चौधरीले भने– स्थानीयले फोन गरेर गाउंको समस्या बताएपनि पालिकामा नआएको र हामीले खोज्दा पनि कोही किसान सम्पर्कमा आउनु भएन ।
यो विषयमा सम्बन्धित लमही वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीलाई पटक– पटक ९८४७८२७५२८ मा सम्पर्क गर्न खोजिएपनि मोवाइल स्वीच अफ भएकाले सम्पर्क हुन सकेन ।






















