संसदीय समितिमा पठाइयो भूमि विधेयक

काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त प्रस्ताव सभामा पेस गरेका थिए। प्रस्तावलाई संसदले सर्वसम्मत रुपमा स्वीकृति दिएको सभामुखले घोषणा गरे।

प्रतिनिधिसभाको अर्को बैठक साउन ९ गते दिउँसो १ बजे बस्नेछ।