लुम्बिनीमा अन्तर्राष्ट्रिय गोष्ठी, बुद्धका शिक्षालाई व्यवहारमा उतारौ – मुख्यमन्त्री


बुटवल, साउन ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारमा उतारनु पर्ने बताएका छन् । बुद्धका जीवनसंग मेल खाने व्यवहारिक शिक्षालाई व्यवहारमा उतारनु पर्नेमा जोड दिए ।

कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकाको मार्ग’ विषयक आइतबार लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गौतम बुद्धको शिक्षा द्वन्द्व र प्रतिस्पर्धाभन्दा सहयोगी मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको भन्दै चर्चा गरे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्नेमा जोड दिंदै उनले भने – लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । कूटनीतिक महत्व अझ विस्तार गर्नुपर्छ ।
मुख्यमन्त्री आचार्यले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको बताउंदै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनु पर्ने बताए ।
लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पु¥याउने दावी गरे । बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहलको प्रसंसा गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावना छ भने ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको बताए ।
विभिन्न विद्वानहरुले शुभकामना सन्देश मार्फत वौद्ध शिक्षाको सान्दर्भिताबारे व्याख्या गरेका थिए, भने भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिएका थिए ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. कविता शाह, पूर्व राजदुतहरू प्रा.डा लोकराज बराल, दीप कुमार उपाध्याय लगायतले बोल्दै विश्वशान्तिका लागि बुद्ध कुटनैतिक सम्बन्ध महत्वपूर्ण रहेको बताएका थिए ।
सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी गराएका छन् ।
सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेको उक्त कार्यक्रममा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता गरिएको छ । सेमिनार दुई दिनसम्म चल्ने लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी गराएका छन् । संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको सहभागिता छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुवर्ण लाल ब्रजाचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।






















