भारतमा मजदुरहरु संगठित

भारत, साउन मजदुर संघर्ष समितिको सम्मेलन मेरठको मलियानामा सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनको शुरु क्रान्तिकारी गीतसँगै भएको थियो ।

यसपछि सर्वसम्मतिको आधारमा संगठनका पदाधिकारीहरूको चयन गरिएको मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले हामीलाई जानकारी दिएका छन् । प्रवेन्द्रकुमार राष्ट्रिय अध्यक्ष, विक्रम प्रताप महासचिव, अमित बेर उपाध्यक्ष, अभिषेक शिक्षा र संस्कृतिका मामिलामा सचिव, मोहित पुंडीर ट्रेड यूनियन सचिव, आशुतोष दुबे कार्यालय सचिव, आकाश मिडिया प्रमुख, जैनब महिला मोर्चा अध्यक्ष र विशाल कोषाध्यक्ष चुनिएका छन् ।

सोही सम्मेलनले मेरठबाट उत्कर्ष, शामलीबाट दिव्यांश, बागपतबाट नवनीत, देहरादूनबाट कुलदीप र शाहदराबाट सन्नीलाई जिलाध्यक्ष बनाइएको छ ।

सम्मेलनमा राष्ट्रिय अध्यक्ष र उपाध्यक्षले संगठनका उद्देश्य, कार्यशैली र संगठनका कार्यक्रमहरूको रिपोर्ट प्रस्तुत गरेका थिए । महिला मोर्चा अध्यक्ष जैनबले १८ सूत्री प्रस्ताव प्रस्तुत गरिन्, जुन सर्वसम्मति पारित भएको छ ।

मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, सीएसटीयूका मुकुल, आईएमकेका हरिशले मजदुर संघर्ष संगठनका उद्देश्यहरूसँग सहमति जनाउँदै, ‘आज मजदुर वर्गमाथि भइरहेको चौतर्फी हमला सामना गर्न मिलेर मात्र गर्न सकिन्छ ।

ग्रामीण मजदुर युनियनका साहिल, बीएनइसयूका अनिरुद्ध, नेशनल अलायंस फार लेबर राइट्सका राजेश उपाध्यायले भने कि आज मजदुर वर्गमा क्षेत्रवाद, जातिवाद, साम्प्रदायिक सोंचसँग लड्न मजदुर वर्गीय विचारधारा आवश्यक छ ।

पंतनगर विश्वविद्यालयका कृषि वैज्ञानिक आरपी सिंह, पुणेका विजय एडवोकेट, इफ्टू (न्यू) का पीके शाही, नारी मुक्ति संगठनका आशु वर्मा, नौजवान भारत सभाका अमरपाल, किसान एकता केन्द्रका प्रवीण लगायतका अतिथिहरूले वर्तमान पुँजीवाद–साम्राज्यवादको विपक्षमा किसान, मजदुर र अन्य मेहनतकश वर्गले एकजुट भएर लड्नुपर्छ र समतामूलक समाजको निंव राख्नु पर्ने धारणा राखेका थिए ।

कोषाध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए ।