किन बढ्न सकेन सरकारको आम्दानी ?

काठमाडौँ । सामान्यतयाः पछिल्ला वर्षमा अर्थतन्त्रका अधिकांश सूचकले उकालो यात्रा गरिरहेका छन् । आर्थिक वर्ष (आव) ०७२/७३ मा शून्य प्रतिशत र आव ०७६/७७ मा नकारात्मक बाहेक दशकका प्रत्येक आर्थिक वर्षमा राज्यको कुल गार्हस्थ्य उत्पादन निरन्तर वृद्धि भएको छ ।

देशको वैदेशिक व्यापार, नयाँ उद्योगको दर्ता, रेमिट्यान्स आप्रवाह, कर्जा प्रवाह, राज्यको चालु खर्च, सामाजिक सुरक्षा भत्ता र निवृत्तभरणमा खर्च लगायतका सबै सूचकाङ्क निरन्तर उकालो दिशा लक्षित छन् । तर, तिनै विभिन्न सूचकाङ्क उकालो लाग्दा राज्यको राजस्व आम्दानी भने वृद्धि हुन सकेको देखिँदैन ।

यो स्थितिले राज्यभित्र आर्थिक क्रियाकलापहरुमा वृद्धि भइरहँदा सो खर्चमार्फत राज्यले प्राप्त गर्नुपर्ने विभिन्न शीर्षकका राजस्व कहाँ गइरहेको छ भन्ने प्रश्न सिर्जना गरेको छ ।