भ्रष्टाचार अपराध हो – चित्रबहादुर


बुटवल, साउन ३० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार अपराध हो, अपारधीहरुले भ्रष्टाचार गर्न नछोडेको बताएका छन् । भ्रष्टाचार गर्न नदिएका कारण वर्तमान प्रधानमन्त्री केपी ओलीसंग सम्बन्ध बिग्रिएको अध्यष केसीले बताए । आफु उपप्रधान तथा सहकारी मन्त्री हुंदा मन्त्रालायमा हुने भ्रष्टाचार रोकेको र विभिन्न खालका चलखेलमा सहमती नजानाएका कारण केपी ओलीसंग सम्बन्ध चिसिएको बताए । उपप्रधान्त्री हुंदा सहकारीका ठग र प्रधामन्त्रीसंग लडाइ लड्नु परेको अध्यक्ष चित्रबहादुर केसीले सुनाए ।

भ्रष्टाचारबिरुद्व राष्ट्रिय जनमोर्चा रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले यहां धेरैले भ्रष्टाचार गरेकाले जनात उठ्न ढिला भैसकेको बताए । उनले सत्ता र शक्तिमा बस्नेहरुले भ्रष्टाचार गरेको उदाहरण दिंदै सांसद बन्दा पार्टी र नेताहरुलाई खुवाएको घुसको पैसा फिर्ता गर्नका लागि ठूला दलका सांसदहरु मरहेत्ते गरेर मन्त्री हुने र मन्त्री भएपछि ठूलो घुस खाने गरेको बताए । 
अध्यक्ष केसीले ठूलो दल बताउनेहरुले निष्ठाको राजनीनि नगरेको बताउंदै राजनीतिलाई उद्योग बनाएर भ्रष्टाचार गर्ने गरेको आरोप लगाउंदै हाम्रो पार्टी राष्ट्रिय जनमोर्चामा घुस खानेहरु नेता र सदस्य बन्न नपाउने बताए । सत्ता र सरकारकै आडमा भ्रष्टाचार मौलाएको बताउंदै भ्रष्टाचार उन्मुलन गर्न जनता सचेत हुनुपर्ने अध्यक्ष केसीले बताए । संघीयता भित्रिएसंगै देशमा भ्रष्टाचार बढेकाले प्रदेश चलाउने पैसाले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिने भएकाले संघीयता खारेज गर्नुको अर्को विकल्प नभएको बताए ।

नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्तले सरकारकै संरक्षणमा भ्रष्टाचार बढेको र सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण दिएको आरोप लगाए । तलदेखि माथिसम्म राजनीतिक संरक्षणमा भ्रष्टाचार बढेको र सरकार मौन रहेको बताए ।
राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले नीतिगत भ्रष्टाचारले देश डुबेको बताउंदै सत्ता चलाउनेहरु नै भ्रष्टाचारमा संलग्न रहेको पुष्टि भएकाले जनताको बलमा भ्रष्टाचारबिरुद्व आन्दोलनमा उत्रनु पर्ने बताए । आगमी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका उम्मेदवारसमेत रहेका नेता आलमले ठूला पार्टी मिलेर भ्रष्टाचार गरेको दावी गर्दै संघीयताले भ्रष्टाचार बढाएको बताए ।
उनले जनताले निर्वाचनमा मत दिएर जिताएकै सांसद, मन्त्रीहरुबाट भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै चुनावमा भोट दिंदा त्यो पार्टीको नीति, कार्यक्रम हेरेर मात्रै भोट दिन आग्रह गर्दै उनले भने – राष्ट्रिय जनमोर्चा भ्रष्टाचार नगर्ने पार्टी भएकाले आगमी निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई भोट दिन आग्रह गरे । राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको अध्यक्षता र सचिव कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
देशमा संघीयता भित्रिए लगत्तै नेपालको हकमा संघीयता ठिक छैन भन्दै आएको राष्ट्रिय जनमोर्चाले संघीयता खारेज, एमसीसी खारेज र भ्रष्टाचार बिरुद्वको अभियान चलाउंदै आएको राष्ट्रिय जनमोर्चाले केही दि न अघिदेखि पार्टीको केन्द्रिय कार्यक्रम अनुसार देशभर भ्रष्टाचार बिरुद्व अभियान चलाएको छ ।






















