पेट्रोलियम पदार्थको बढ्यो भाउ


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएसँगै समायोजन गर्दा पेट्रोलको भाउ बढ्न पुगेको निगमले जनाएको छ ।

जसअनुसार शुक्रबार राति १२ बजेपछि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाउँदा डिजेल र मट्टितेलमा भने समान १ रुपैयाँ घटाइएको छ ।






















