शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बुटवल पव्लिक

श्यामलाल पोखरेल
बुटवल, भदौ २ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा बुटवल पव्लिक स्कुल सञ्चालनमा छ । वि.स २०५९ सालमा स्थापना भएको बुटवल पव्लिक स्कुलले शिक्षा क्षेत्रमा आफ्नै खालको पहिचान बनाएको छ । नीजि स्कुलको रुपमा सञ्चालन हुँदै आएको स्कुलले व्यवहारिक र असल अभ्यास चलाउंदै आएको छ । जसका कारण बुटवल पव्लिक स्कुलले छुट्टै पहिचान बनाएको शिक्षा अधिकारीहरु बताउ छन् ।
२०५९ सालमा स्कुल सञ्चालन गर्दाको पहिलो शैक्षिक सत्रमा २० जान विद्यार्थी र ५ जना शिक्षक शिक्षिका राखेर सञ्चालन गरिएको स्कुलमा अहिले १ हजार बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । शिक्षक, शिक्षिका र कर्मचारी गरी १ सय २१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्कुल सञ्चालको सुरुवाती देखिनै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पहेलो कलरका विद्यार्थी बोक्ने गाडी चलाई नयां प्रविधिबाट विद्यार्थीलाई अध्ययन गराउदा धेरैले नबुझेर कुरा काटेपनि अहिले हाम्रै स्कुलको सिको गरेको बताउछन् स्कुलका संस्थापक अध्यक्ष हेमलाल शर्मा ।

नीजि लगानीबाट सञ्चालन भएको बुटवल पव्लिक स्कुलमा हेमलाल भुसालको एकल लगानी छ । स्कुल स्थापनाको समयदेखि नै शिक्षामा छुट्टै हिचान दिने उद्वेश्य राखेर स्कुल सञ्चालन गरिएको अहिले केही कामले आफ्नो पहिचान दिन सफलता मिलेको र अझै केही काम गरेर देखाउन बांकी रहकाले अझै उत्कृष्ट पहिचान दिएर स्कुल चलाउने योजना रहेको स्कुलका संस्थापक सञ्चालक तथा अध्यक्ष हेमलाल शर्माको भनाइ छ ।
नीजि विद्यालयहरुमध्ये फरक पहिचान र उत्कृष्ट, उदाहरणीय बन्दै जानुको सफलताको रहस्य हो, स्कुल सञ्चालन गर्ने योजना तथा कार्यक्रम, उचित व्यवस्थापन, क्षमतावान नेतृत्व, शिक्षक, विद्यार्थी र अभिभावक । सबै पक्षबीचको सामूहिक प्रयासका कारण २३ औं वर्षको हुंदा बुटवल पव्लिक स्कुलले फरक खालको पहिचान दिन सफल भएको हो । पेपर लेसको अभ्यासबाट विद्यार्थीलाई पढाउन शुरु गरेको पनि बुटवल पव्लिक स्कुल मोफसलमा पहिलो हो ।

शिक्षकको राम्रो मेहनत, विद्यालयप्रति अभिभावकको अपनत्व, प्राचार्यको कुशल नेतृत्वले गर्दा विद्यालय नगर, जिल्ला र प्रदेशमा हुने शैक्षिक गतिविधि, खेलकुंद, बादविवाद प्रतियोगिता लगायत अन्य विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट बनेर पुरस्कृत हुदै आएको बुटवल पव्लिक ।
क्यामब्रीज कोर्ष पढाउंदै आएको बुटवल पव्लिकले कक्षा ११, १२ का विद्यार्थीका लागि काठमाण्डौ बाहिर बुटवलमा पहिलो पटक एलेवल कार्यक्रम सञ्चालन गरेको हो । अन्तर्राष्ट्रिय शैक्षिक मान्याता प्राप्त गरेर एलेवलका कक्षा सञ्चालन गरेर फरक खालको पहचान दिएको स्कुलले समयको माग अनुसार रिसर्च सेन्टर सञ्चालन गरेको छ ।

विद्यार्थीले शिक्षासंगै अतिरिक्त विषयमा पनि अनुसन्धान गरुन र देशलाई चाहिने दक्ष जनशक्तिका साथै अन्तर्राष्ट्रिय बजारमा बिक्े विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको बुटवल पव्लिक स्कुलले बताएको छ । एक विघा जमिनमा स्कुल सञ्चालन गरिएको र २ विघा क्षेत्रफलको जमिनमा रिसर्च सेन्टर सञ्चालन गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा स्थापना गरिएको सिर्च सेन्टरमा विद्यार्थीका लागि शैक्षिक गतिविधिका लागि व्यवस्थित शैक्षिक पार्क, कृषिबारे अध्ययन गर्न र प्रयोगका लागि छुट्टै पार्क जस्तै बनाईएको छ । त्यस्तै फुटवल, क्रिकेट खेल्नका लागि मैदान निर्माण गरिएको छ, भने पौडि खेल्नका लागि स्वीमिङ पूलको व्यवस्था गरिएको छ ।

स्कुलका संस्थापक हेमलाल शर्माका अनुसार जमिनबाहेक स्कुल सञ्चालन गर्नका लागि ६ करोड लगानी गरिएको र विश्वव्यापी रुपमा सिर्जनशील शिक्षा दिने गरी योजनाका साथ काम भैरहेको छ । शिक्षासंगै सामाजिक क्षेत्रमा सहयोगी बन्दै आएको बुटवल पव्लिक स्कुललले नेपाल पत्रकार महसंघ रुपन्देहीमा शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई हौसला बढाउने उद्वेश्यले शिक्षा पत्रकारिता पुरस्कारको राशी रु पांच लाख पुराउने गरी पत्रकारिता पुरस्कार स्थापना गर्दिएको छ ।

गरिब तथा निम्न वर्गका २१ जना विद्यार्थीलाई निःशुल्क पढाएको छ, भने मिरा कोष नामको संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा स्कुलले काम गर्ने गरेको छ । त्यस्तै तिलोत्तमा ६ मा रहेको रामचन्द्र – मैनादेवी अनाथ आश्रममा आश्रित विद्यार्थीका लागि अक्ष्यकोष स्थापना गरेको बुटवल पव्लिक स्कुलले बुटवल २ पाखापानीमा रहेको शिवकुमारी सैंजु वृद्वाआश्रममा पनि अक्ष्यकोष स्थापना गरेर वृद्ववृद्वाहरुलाई सहयोग पुराएको छ ।
विद्यालयको आफ्नै शैक्षिक दैनिकी, विद्यार्थीप्रति समर्पित प्रशासन, पेशाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीका कारण स्कुलले आफ्नै पहिचान बनाएको हो । आर्थिक तथा व्यापारिक केन्द्रको रुपमा रहेको बुटवल र तिलोत्तमा नगरपालिकाको सीमाना नजिकै तिलोत्तमा ३ मा अवस्थित उक्त विद्यालय शिक्षाको महत्वपूर्ण र गौरबशाली संस्थाको रुपमा रुपान्तरण हुँदै गएको छ । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न गएको शैक्षिक सत्रको नयाँ भर्ना विद्यार्थी संख्याले स्पष्ट देखाएको छ ।

विगतका वर्षदेखि विद्यालयले शैक्षिक क्षेत्रमा प्राप्त गरेको अनवरत सफलता नै बुटवल पव्लिक स्कुलले पृथक परिचय बनाउन सफल भएको स्कुलकी निर्देशक मिरा शर्मा भुसालले बताइन । उपप्राचार्य रामचन्द्र पौडेलले भने– बुटवल पव्लिकले पढाई मात्र नभई खेलकुंद र अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिँदै आएको छ, जसले गर्दा स्कुल आफ्नो मिसनमा सफल भएको छ । उपप्रचार्य भन्छन् –‘जहाँ विद्यार्थी रमाउँछन्, शिक्षकले स्फुर्तिका साथ रमाएर कक्षाकोठा प्रवेश गर्छन्, त्यो स्कुल नै सफल स्कुल हो ।

मन्टेश्वरी प्ले स्टेशन, आधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, डिजिटल कक्षाका कारण पनि बुटवल पव्लिक स्कुलप्रति विद्यार्थी र अभिभावक आर्कषित हुने गरेको अभिभावक कमला आचार्यले बताइन ।

शैक्षिक प्रोत्साहन

शिक्षक खुसी भए, विद्यार्थी खुसी हुन्छन् भन्ने मन्त्रलाई हामीले आत्मसात गरेका छौं’, प्रअ अधिकारीले भने, शिक्षक र कर्मचारीको कार्यक्षमता, व्यक्तित्व विकास र क्षमतालाई आधार मानेर स्कुलले वार्र्षिक रुपमा पुरस्कृत गर्दै आएको छ ।

सबै तहका शिक्षकहरुमा समान तरिकाबाट सुविधा दिंदै आएको स्कुलले विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षण सिकाईलाई अगाडी बढाएको छ । स्कुलले समान व्यवहारका साथै प्रोत्सान गर्ने गरेकाले काम गर्न सहज भएको शिक्षकहरुको भनाइ छ ।