७४ जिल्लामा फैलियो डेंगी

काठमाडौँ। नेपालका ७४ जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ। पानी पर्ने क्रम बढ्दै गएपछि डेंगीका बिरामीहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार, हालसम्म देशभर ३,२४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। पछिल्लो एक हप्तामा मात्रै २११ नयाँ सङ्क्रमित थपिएका छन्।