कम्युनिष्ट एकीकृत हुनुपर्नेमा विप्लव, घनश्याम र जर्नादनको समान धारणा


बुटवल, भदौ १२ गते । बुटवलमा बर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया गरिएको छ । विप्लव नेतृत्व नेकपाका निकट शहीद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले अन्तक्रिया आयोजना गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले बोल्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने विषयमा समान धारणा व्यक्त गरेका छन् ।

छिन्न भिन्नको अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अग्रगामी तथा नयां ढंगले कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्ने उनीहरुको भनाइ छ ।
विप्लव


उक्त अन्तरक्रियामा बोल्दै नेकपामा महासचिव विप्लवले गणतन्त्रले आफ्नो वर्ग नचिन्दा देशमा संकट उत्पन्न भएको बतांदै उनले संकटको निकास समाजवाद भएको बताए । केही एनजीओ र आइएनजीओ भित्राउंदैमा र केही ऋण ल्याएर देश बनाउछौ भन्नु पुरानाहरुको सकडे गलेको सोंच, विचार भएको उल्लेख गर्दै नेपाल बनाउन नेपाली आफै लाग्नु पर्छ तब मात्र देश बन्छ उनले भने ।
वामपन्थहरु दक्षिण पन्थमा र कम्युनिष्टहरु दलाल पूंजीवादमा बदलिंदा कम्युनिष्ट आन्दोलन बदनाम हुंदै गएको बताउंदै उनले भने – हामी जस्ता खरिया फाडेर आएका कम्युनिष्टहरुले कुनैपनि हालतमा कम्युनिष्ट आन्दोनलाई बदनाम हुन दिदैनौ । जो नक्कली कम्युनिष्ट थिए उनीहरुबाटै कम्युनिष्ट आन्दोलन बदनाम भएको हो । महासचिव विप्लवले कम्युनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले कम्युनिष्ट आन्दोलनलाई दिग्दर्शन बनाउने गरी नयां बहसको थालनी भएको र बहसलाई निरन्तरता दिने बताए । पुरानोप्रति हाम्रो विश्वास टुटीसकेको र नयां पुस्ताको सहयोगबाट हामीहरु यहांसम्म आएको बताउंदे उनले भने – हामी अझै अगाडी बढ्छौ । हाम्रो उद्वेश्य साम्यवाद हो ।
कम्युनिष्ट पार्टीमा भ्रम र संकट रहेको बताउंदै नेपालको अर्थतन्त्र मुठ्ीभर १०, २० परिवारको हातमा सिमति छ, नेपालको कानुनी ढांचा पुरानै छ, न्यायलय पैसाद्वारा निर्देशित छ, यसको अन्त्यका लागि हामी मरेका छैनौ भने । अहिलेको प्रमुख चुनौती दलाल पूँजीवाद भएको बताउंदै भ्रष्टाचारले सीमा नाघेको बताउंदै नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुंदा एक जना डिएसपीले भ्रष्टाचार स.स्थागत छ भन्दा डिएसपीको सरुवा भएको घटना उल्लेख गर्दै सरकार सञ्चालकहरु भ्रष्टाचारमा डुवेको बताए ।
२०४७ सालको संविधान व्युताएर अहिलेको समस्या समाधान हुने हल्ला हलला मात्रै भएको भन्दै उनले पछाडी कोही फर्कने पक्षमा छैन र राजा आउने सम्भव पनि छैन, पुरानाहरुको राजपनि अब चल्दैन भन्दै उनले ओली र प्रचण्डको आलाचना गदैृ भने – अब ओली, प्रचण्डले विद्यार्थी संगठन चलाए जस्तो गरी हामीलाई चलाउन खोज्नु लागि दुर्भाग्य हो । महासचिव विप्ल्वले कुलिङ पिरियड प्रकरण सन्दर्भ उल्लेख गर्दै राजनीतिक नेतृत्व कमजोर हुँदा कर्मचारीतन्त्रको बदमासीले सिमा नाघेको र देश भ्रष्टहरुको हातमा गएको बताए । त्रिभुवन विमानस्थलमा दैनिक ५० लाखसम्म घुस खाने अवस्था गरेको खुलासाबाट दलालहरुले देश र जनता चुसिरहेको टिप्पणी गरे ।
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको नाम जोडिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हामीले उहाँलाई कांग्रेसभित्रको बुद्धिजीवी ठानेका थियौं । कर्मचारीले दैनिक ५० लाखसम्म घुस बुझाएको आरोप लगाउंदा पनि बोल्न नसक्नु आफु पनि घुसमा संलग्न हुनु हो ।
उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठको ’पैसाबिना न्यायालयमा केही हुँदैन’ भन्ने अभिव्यक्तिले मुलुक भ्रष्चारमा डुबेको प्रष्ट हुन्छ भने ।
घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुलाई दलाल पूंजीवादले कव्जामा लिएको बताएका छन् । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयां शिराबाट एकीकृत गर्नुपर्ने बताउंदै मुख्य कुरा कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने हो, नेतृत्व जले गरेपनि हुन्छ भने । पुरानो नेतृत्वले काम गर्न नसकेको र नयांको उदय हुन नसकेका कारण कम्युनिष्ट आन्दोलनप्रति वितिष्णा र निरासा छाएको बताउंदै कम्युनिष्ट आन्दोलन सफल बनाउन कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्नुपर्ने तर्क गरे ।
कम्युनिष्टहरु सफल हुन नसकेको अवस्थामा दलाल पंूजीवाद हावी हुंदा संकट उत्पन्न भएको उल्लेख गर्दै निकासका लागि राजनीतिक रुपमा दलाल पंूजीवादको अन्त्य गरी राष्ट्रिय पंूजीको विकास गर्नुपर्छ र देशलाई अग्रगामी समाजवादी मोडेलबाट अगाडी बढाउन सकेमा मात्रै देशलाई निकास दिन सकिने बताए । उनले अब नेपालमा घुस नखाने नेताको कम्युनिष्ट पार्टी आवश्यक रहेको बताउंदै ठूला नेताहरुले घुस खांदा कार्यकर्ताहरुले पनि त्यही सिकेकाले कम्युनिष्टहरु बदनाम भएको बताए ।
महासचिव भुसालले नेपालमा व्यवस्था परिवर्तन गरेर जनताको बलमा नयां संसवधान लेखिएपनि त्यही संविधान लेख्ने दल र दलका नेताहरुको काम गर्ने ढांचा, संरचना र व्यवहारमा परिवर्तन नभएकाले समस्या उत्पन्न हुंदा जनातमा निरासा छाएको बताए । उनले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएकाले जनताले विकल्प खोजेको बताउंदै पुराना पनि उस्तै र नयां भन्ने शक्ति झनै बदमास खालको भएको हुंदा अब हामीबाटै नयां शक्तिको उदय हुनुपर्नेमा जोड दिए ।
देश वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पिडामा रहेको बताउंदै नेता भुसालले भने – आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा उत्रिएका छौ । गन्तब्यमा नपुग्दासम्म अब यो बहस चलिरहन्छ । हिजोका पुराना मुल्य मान्यताहरु भत्किसकाले स्वार्थ र भ्रमहरु भत्काएर नयाँ लक्ष्मण रेखाहरु कोरेर देशलाई अगाडी बढाउन नसके नयां पुस्ताले हामीलाई बष्किार गर्न सक्ने टिप्णी गरे ।
माओवादीको जनयुद्ध र एमालेको बहुदलीय जनवादको ओचित्य सकिएको बताउंदै एमाले र माओवादीको स्कुलिङमा परिवर्तन हुन नसकेको दावी गरे । उनले देउवा, ओली, प्रचण्ड, माधव नेपाल र रविहरुपनि असन्तुष्टी रहेकाले नयां निकास अबो आवश्यत्ता हो भने । उनले कांगे्रस इतिहांसबाट धेरै पछाडी परेको बताउंदै यस भन्दा अगाडी जान कांगे्रसमा विचार कार्यक्रम केही छैन भने ।
जर्नादन शर्मा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले संघीय लोकतानित्र गणतन्त्र जनताको लोकतन्त्र बन्न नसक्दा मुलुकमा समस्या आएको बताए । उनले हिजो राजतन्त्र फाल्न, लोकतानित्र गणतन्त्र ल्याउन र संविधान लेख्न काम लागेका जनताका लागि अहिलेको लोकतान्त्रिक गणतन्त्र काम नलागेकाले राजनीतिक र नेताप्रति जनतामा वितृष्णा पैदा हुंदा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताए ।
भ्रमित भएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर मुलुकलाई निकास दिन समाजवादी बाटो अपनाउनु पर्नेमा जोड दिंदै उनले भने – लोकतान्त्रिक गणतन्त्रमा जनताले शिक्षा, स्वास्थ्य, कृषि, उत्पादन र उद्योगमा केहीपनि सेवा नपाएको किसनाका उत्पादनले बजार नपाउंदा जनतामा निरासा छाएको हो भने । संविधान कार्यान्वय भएन, संविधान भजारु खाने काम पनि भएको बताए ।
राजनीतिक पार्टीहरु पार्टी जस्ता नभएको दुखेसो पोख्दै पुरानो नेतृत्व कमजोर भएको दावी गर्दै पुरानाहरुलाई ससम्मान गर्दै हरेक हरके पार्टीमा नयां नेतृत्व आउन आवश्यक रहेकोमा जोड दिए । कम्युनिष्ट पार्टीहरुलाई पुर्नसंरचना गर्नुपर्ने बताउंदे उनले भने – माओवादी केन्द्र र एमालेको एकतापछि नेकपा बन्दा जनतामा उत्साह छाएको र अहिले उक्त पार्टी फुटेपछि कम्युनिष्टप्रति आस्थावान जनातमा निरासा छाएको छ ।
सत्ता स्वार्थका कारण त्यतीबेलाको नेकपा विभाजन भएको उनको भनाइ छ । देशको आर्थिक प्रणाली पञ्चायती शैलीको रहेकाले दलाल पूंजीवाद हावी भएको बताउंदै समाजवादको कुरा गरेर व्यक्ति केन्द्रित हुने कम्युनिष्टका पार्टी भित्रको रोग जरैदेखि फाल्नु पर्ने बताए ।
नेकपाका पोलिटब्युरो ससदस्य वसन्त श्रेष्ठको अध्यक्षता, केन्द्रिय सदस्य शरद ओलीको स्वागत र नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न विचार राख्नेहरुको सहभागिता रहेको थियो ।






















