लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुखको निधन

बुटवल, भदौ १४ गते । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटुरोग तथा मधुमेहबाट पीडित नगर प्रमुख मुसलमानको उपचारका क्रममा शनिबार बिहान निधन भएको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कमला अख्तर फरिकले जानकारी गराएका छन् ।

वडाध्यक्ष कममला अख्तरका अनुसार शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि लुम्बिनीमा रहेको लाईफ केयर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा नगर प्रमुख मुसलमानको निधन भएको हो ।

नगर प्रमुख मुसलमानको धार्मिक परम्परा अनुसार आजै अन्तिम अन्त्यष्टी गरिने छ । मुसलामान कांग्रेसबा निर्वाचित नगरप्रमुख हुन् ।