ओली र सी चिनफिङबीच भेटवार्ता, दुई पक्षीय सम्बन्धबारे छलफल


चीन, भदौ १२ गते । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच दुई पक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
























