देददहको भवानी माविमा गठवन्धनलाई हराउँदै काँग्रेस विजयी

बुटवल, भदौ १७ गते । रुपन्देहीको देवदहमा रहेको महामाया भवानी माध्यमिक विद्यालयमा भएको विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धवार बिजयी भएका छन् ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजबादी, नागरिक उन्मुक्ती पार्टीलगायतका दलहरुको संयुक्त गठबन्धनलाई हराउंदै कांग्रेस निकट उम्मेदवार विजयी भएका हुन् । विद्यालय व्यवस्थापन समिति गठनमा दलहरुवीच भागबण्डा नमिल्दा निर्वाचन भएको हो ।

विद्यालय ब्यवस्थापन समितिको सदस्यमा कृष्णप्रसाद श्रेष्ठ १४८, ओमप्रकाश श्रेष्ठ १५१, सरस्वती पौडेल, पोखरेलले १५४ र सान्ती एस्केले १४९ मत ल्याई निर्वाचित भएका छन् । यता संयुक्त गठबन्धनका सीमा चौधरी ११३, मनबहादुर दर्जी १११, कोपिला राना ११२ र केशरी मायां गुरुङले १०७ मत प्राप्त गरेर पराजित भएका छन् ।

निर्वाचन लगत्तै बसको बैठकले लच्छु न्यौपानेलाई अध्यक्षमा सर्वसहम्मत चयन गरेको छ । त्यस्तै विद्यालय ब्यवस्थापन समितिको सदस्यमा पुष्पा खवासलाई मनोनित गरिएको विद्यालयले जानकारी गराएको छ ।