लुम्बिनीमा ४० जना जापानी इन्सेफलाइटिसका विरामी भेटिए, नौ जनाको मृत्यु


बुटवल, भदौ १७ गते । केही दिन यातादेखि लुम्बिनीमा जापानी इन्सेफलाइटिसका विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मंगलबार दिउंसोसम्म लुम्बिनी प्रदेशमा जापानी इन्सेफलाइटिसका ४० जना बिरामी भेटिएका छन् । नौ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जानकारी गराएको छ ।

स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन कुमार थापाका अनुसार यस बर्षको पहिलो केस असार १४ गते नवलपरासीमा भेटिएको र हालसम्म प्रदेशका १० जिल्लामा संक्रमितको संख्या ४० पुगेको बताए ।
लुम्बिनी प्रदेशको रुपन्देहीमा ७ जान जापानी इन्सेफलाइटिसका विरामी फेला परेका छन्, जसमा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय एक पुरुषको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँचीः ३ संक्रमित र १ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासी ३ जना भेटिएका छन् ।

कपिलवस्तुमा ८ जान, पाल्पामा २ जना, गुल्मीमा २ जना, बांकेमा ३ जना संक्रमति फेला परेको र १ जनाको मृत्यु भएको बताईएको छ ।
त्यस्तै बर्दियामा २ जना, दाङमा ८ संक्रमित फेला परेको र १ जनाको मृत्यु भएको जानकारी गराईएको छ । प्युठान जना संक्रमति फेला परेको र १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले बताएको छ ।






















