संवैधानिक दायरामा देशलाई निकास दिने प्रयासमा छु – राष्ट्रपति

बुटवल, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि प्रयास गरिरहेको बताएका छन् । विज्ञप्ती जारी गरी राष्ट्रपति पौडेलले आफुले प्रयास गरेको बताएका हुन् ।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म ं हर प्रयास गर्दैछु,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आन्दोलनकारीको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भैरहेको कुरामा विश्वस्त हुन र संवमतापूर्वक मुलुकलाई शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ती मार्फत सबैलाई आग्रह गरेका छन् ।