“आपसी भैझडा नगरी निकास खोजौ’


भदौ २६ गते । १. भर्खरै बलिदानी पुर्ण आन्दोलनबाट केहि उपलब्धिहरु प्राप्त गर्नु भएको छ । त्यो उपलब्धिलाई देश र जनताको पक्षमा हुने गरि छिटो रिक्तता पुरा गर्नाेस् ताकि बैदेसिक चलखेल नबढोस ।

२. तपाईंहरुको आन्दोलनको दिशासहि हुंदाहुदै पनि आन्दोलन भित्र भएको घुसपैठले ऐतिहासिक महत्वका संरचना ध्वस्त भएका छन । अब पनि घुसपैठहरुले आफ्नो स्वार्थ अनुकुल लैजाने खतरा त्यति नै छ । आपसी झैझगडा बन्द गरि निकास खोज्नु होस ।
३. संबैधानिक बाटोले मात्रै तपाईंहरुलाई सहि गन्तव्यमा पुराउने छ । कसैको उक्साहतमा संविधान बिपरित जाने काम नगर्नाेस, संविधानका अपुग कुराहरु पुरा गर्न सकिन्छ तर फेरि अर्को संविधान निमार्ण गर्न त्यति नै लामो प्रकृया अबलम्बन गर्नु पर्ने हुन्छ । यहि संविधान पाउन पनि व्भल–ह् र थ् अझै त्योभन्दा अगाडिको पुस्ताले धेरै लामो बलिदानीपुर्ण सघर्ष गरेको छ । त्यो उपलब्धिलाई गुमाउने गल्ती नगर्नाेस ।
४.

मुख्य बिषय ब्यक्ति होईन सिस्टम हो । सहि सिस्टम बनाउन सके नराम्रो ब्यक्तिलाई पनि राम्रो बनाउन सकिन्छ । सिस्टम राम्रो बनाउन नसके राम्रो ब्यक्ति पनि नराम्रो बन्ने छ । छलफल ब्यक्तिमा भन्दा सिस्टम मा केन्द्रीत गर्नाेस ।
५.
छलफलमा हिन्दुराज्य राख्ने बिषय उठेको छ । त्यो कुनै न कुनै शक्ति केन्द्र को आडमा आएको छ । गम्भीर बन्नोस् । राज्य धर्मको बिषयमा तटस्थ हुनु पर्दछ । सबै धर्मलाई समान आँखाले हेर्न सके मात्रै देश शान्ति बनाउन सकिन्छ । धर्म आस्था हो त्यसैले कसैको पनि आस्था मा चोट नपुराउन राज्य धर्मको बिषयमा तटस्थ बन्नु पर्दछ ।
६.
राजा राख्ने कुरा उठेको छ । यो अति पुरानो बिचार हो । नयाँ पुस्ताले यो गम्भीर गल्ती गर्नुहुने छैन । किनकि यो २१ औ शताब्दी प्रतिस्पर्धा को युग हो हाम्रो राष्ट्र प्रमुख प्रतिस्पर्धा, क्षमता र लोकप्रियताको आधारमा हुनु पर्दछ । जुनकुरा राजतन्त्रमा छैन राजाको जेठा छोरा भएको आधारमा राजा बन्ने प्रचलन अति नै पुरानो हो । राष्ट्रपतिलाई हताउनु परे निस्चित अवधि सकिए आफै हट्ने छ तर राजा हटाउन अर्को बलिदान चाहिने छ । जुन कुरा मेरो ह् पुस्ताले धेरै भोगेको छ ।
७.
तपाईंहरुले नेतृत्वमा को पठाउने भन्ने बिवाद जति लम्बाउनु हुन्छ त्यति नै चलखेल बढ्ने छ । सिस्टम मा केन्द्रीत भई नेतृत्व छनौटमा ढिलाइ नगर्नाेस । जुन काम हाम्रो पुस्ता चुकेको थियोे । तपाईंहरुले जस्तै आन्दोलनमा उपलब्धि हाम्रो पुस्ताले पनि प्राप्त नगरेको होईन जसलाई संस्थागत गर्न नसकेको कारण हामी चुक्यौ तपाईहरु चुक्नु हुने छैन ।
लेखक तिलक थापा – राष्ट्रिय जनमोर्चा बाग्लुङका अध्यक्ष हुन् ।






















