रुपन्देहीमा निकालियो सद्भाव र्याली, जनजीवन सहज बन्दै

बुटवल, भदौ २७ गते । जेनजीको आन्दोलनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्वेश्यले रुपन्देहीमा शान्तिपूर्ण सद्भाव ¥याली निकालिएको छ । संविधानको रक्षा र शान्ति कायम गर्ने उद्वेश्यले शुक्रबार सद्भाव ¥याली निकालिएको हो ।

नेपाल पत्रकार महासंघसहित रुपन्देहीमा क्रियाशील नेपाल बार एशोसिएसन, विभिन्न संघसस्थाहरुको सहभागितामा ¥याली निकालिएको हो । अवस्था सामान्य बन्दै गएको रुपन्देहीमा शुक्रबार बुटवल र भैरहवामा सद्भाव ¥याली निकाले संविधानको रक्षा र समाजमा शान्ति अमनचयन कायम गर्न आग्रह गरिएको छ । नेपाली हामी रहुंला कहां नेपालै नरहे जस्ता प्लेकार्डसहित ¥याली निकालियो हो ।


नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलमा आयोजना गरेको उक्त सद्भाव ¥यालीमा नेपाल बार एशोसिएसन, पर्यटन व्यवसायी, औषधी व्यवसायी, यातायात व्यवसायीलगायतका विभिन्न संघसस्थाहरुको प्रतिनिधित्व थियो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको सद्भाव ¥याली ट्राफिकचोकमा पुगेर समापन गरिएको थियो ।

यस्तै रुपन्देहीको भैरहवामा पनि शुक्रबार बिहान शान्तिपूर्ण सद्भाव ¥याली निकालिएको छ । नेपाल–भारत सीमा नाका बेलहियाबाट निकालिएको ¥याली भैरहवाको बुद्धचोकमा पुगेर समापन भएको थियो ।

¥यालीमा जेनजी युवा समूह, लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, चेम्बर अफ कमर्स सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देही, सिद्धार्थ होटल संघ, भैरहवा मर्निङ वाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालि लगायतको सहभागिता थियो ।
¥याली समापन कार्यक्रममा बोल्दै्र रुपन्देही प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कफ्र्यू आदेश हटाइएको र निषेधाज्ञा क्रमशः खुकुलो बनाईएको बताउंदै जनजीवन सामान्य बनाएर शान्ति सद्भाव कायम गर्न सबैको साथसहयोग आवश्यक पर्ने बताए ।

जेनजी आन्दोलनमा रुपन्देहीको विभिन्न ठाउंमा सार्वजनिक सम्पति तोडफोड आगजनी, व्यक्तिगत सम्पति तोडफोड आगजनी र लुटपाटमा संलग्नहरुको खोजी गरिरने र त्यसका लागि फोटा, भिडियो जस्ता पहिचान खुल्ने सामाग्रीहरु संकलन गर्ने काम भैरहेको जानकारी गराए । तोडफोड आगजनी र लुटपाटमा संलग्नहरुको पहिचान खुलेपछि पक्राउ गरेर काुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारीले प्रतिवद्वता जनाएका छन् ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, जेनजी युवा सागर ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले बोल्दै जेनजी पुस्ताको माग जायज भएको बताउंदै जेनजी पुस्ताको प्रदर्शनमा घुसपैठ गरेर सार्वजनिक सम्पति, व्यक्तिका घर तथा सम्पति र राजनीतिक दलका पार्टी कार्यालयहरु तोडफोड गर्नेको पहिचान गरी आवश्यक अनुसार कारबाही गर्न राज्यसंग माग गरेका छन् ।

रुपन्देहीमा केही दिनदेखि जारी अस्थिर अवस्था सामान्य बन्नै गएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले केही दिनयता लागु गरेको कफ्र्यु आदेश हटाएपछि शुक्रबारदेखि जनजीवन सामान्य बन्दै गएको हो ।

शुक्रबार बिहानैदेखि सडकमा सवारीका साधनहरु चल्न थालेका छन्, भने बजार खुलेको छ । मानिसहरको आवतजावत पनि बढेको छ ।
यता गुल्मी, अर्घाखांची, पाल्पा, प्यूठान, दाङ, कपिलवस्तु, पश्चिम नवलपरासीको जनजीवन पनि सामान्य बन्दै गएको छ ।

मानिसहरु निर्बाद रुपले हिड्न थालेका छन्, बजार खुलेको छ, भने सवारीका साधनहरु पनि चलेपछि जनजीवन सहज बनेको हो ।
सरकारी कार्यालयहरु पनि खुलेका छन्, भने शिक्षण संस्थाहरु पनि खोल्न सकिने सहज वातावरण बनेको छ ।