पेट्रोलियम पदार्थको मूल्य बढेपनि आयल निगमद्धारा मूल्य यथावत्

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले नबढाउने निर्णय गरेको छ । उसले चाडपर्व छुट दिने गरी मूल्यमा पुरानै कायम गरेको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा तथा डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको थियो ।

निगमले प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको विशेष परिस्थिति र आसन्न चाडपर्वको अवसर पारेर मूल्यवृद्धि नगरी साविककै मूल्यलाई यथावत् गरेको जनाएको छ ।