शान्ति कायम गर्नका लागि टोल विकास संस्थावीच सहकार्य

बुटवल, असोज २ गते । लक्ष्मीनगर विकास केन्द्र बुटवल ४ र विभिन्न पांच वटा टोल विकास संस्थाले समाजमा शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्न सबैसंग हातेमालो गर्ने भएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठले देशमा शान्ति सुरक्षाको अवस्था कमजोर हुंदा आमनागरिकले शान्ति सुरक्षाको महसुस गर्न नसेको लक्ष्मीनगर विकास केन्द्र र टोलविकास संस्थाहरुको संयुक्त बैठकले ठहर गरेको छ ।

बैठकले जेनजीको नाममा यो व्यवस्थालाई नै कमजोर बनाउन खोजिएकाले शुरक्षाको अवस्था झनै कमजोर बनेकोसमेत ठहर गरेको छ ।
बुधबार लक्ष्मीनगर विकास केन्द्र बुटवलका अध्यक्ष गोकर्णप्रसाद ज्ञवाली, उपाध्यक्ष गंगा पन्थी, महासचिव दुर्गादत्त सिग्देल, सचिव निर्मला गुरुङ बुटवल ४ मा क्रियाशील लक्ष्मी टोल विकास संस्था क की अध्यक्ष गंगा पन्थी, लक्ष्मी टोल विकास संस्था ख की अध्यक्ष अनिता छन्तेल, लक्ष्मी टोल विकास संस्था ख की अध्यक्ष ग की अध्यक्ष किरण थाथा, श्रीनगर टोल विकास संस्थाकी अध्यक्ष कमला सुवेदी र कञ्चन टोल विकास संस्थाकी अध्यक्ष राधिका शाहीको संयुक्त बैठकबाट शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्न सबै पक्षसंग सहकार्य गरी काम गर्ने निर्णय गरिएको छ ।
सरकारले बन्द गरेको सामाजिक सञ्जाल सञ्चालन गर्न, भ्रष्टाचारविरुद्व र सुशासन कायम गर्नका लागि जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा ७३ जानले ज्यान गुमाएको घटनाप्रति संयुक्त बैठकले दुख्ख व्यक्त गरेको छ ।

उक्त बैठकले आन्दोलनका क्रममा बलिदान दिएका युवाप्रति श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै बलिदान दिएका युवाहरुलाई शहीद घोषणा गर्न र घाईते निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्दै घाईतको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

आन्दोलनका क्रममा व्यवसायिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा प्रहरी बिटहरुमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति दुख्ख व्यक्त गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन संयुक्त बैठकले राज्यलाई आग्रह गरेको विकास केन्द्रका अध्यक्ष ज्ञवालीले मिसन टुडेलाई बताए ।

जेनजीको आन्दोलनपछि नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति नगरेकाले गाउंगाउं र टोलटोलबाट शान्ति सुरक्षा कायमका गर्नका लागि टोल विकास संस्थाहरुले राज्यलाई आग्रह गरेका छन् । जेनजीका जायज मागहरुलाई छिटो सम्बोधन गरेर नागरिकलाई प्रत्याभूति हुने गरी शान्ति सुरक्षा कायम गर्नुपर्ने र त्यसका लागि स्थानीय प्रहरी प्रशासनलाई सहयोग पुराउने लक्ष्मीनगर विकास केन्द्र बुटवलका अध्यक्ष गोकर्णप्रसाद ज्ञवालीले बताए ।

दशैं लगायतका पर्वहरु नजिकिँदै गर्दा चोरी, डकैती र लुटपाटको जोखिम बढ्न सक्ने भएकाले शुरक्षाका लागि प्रहरी प्रशासनसंग समन्वय र सहकार्य गर्नुको विकल्प नभएको केन्द्रकी उपाध्यक्ष गंगा पंथीले बताइन । उपाध्यक्ष पन्थीले शान्ति शुरक्षाका लागि सबै टोल विकास संस्था, आमासमूह, विभिन्न सामाजिक संघसंस्था र प्रतिष्ठानहरुलाई सक्रिय बनाउन स्थानीय सरकारहरुलाई आग्रह गरिन् ।

सबै वर्ग समूदाय, संघसस्था र टोल विकास संस्थाहरुले शान्ति सुरक्षाका लागि प्रहर िप्रशासनलाई सहयोग गर्नुपर्ने बेला आएको टोल विकास संस्थाका अध्यक्षहरुले बताएका छन् ।