पाल्पाको रिब्दीकोटमा मनाइयो संविधान दिवस

बुटवल, असोज ३ गते । असोज ३ गते देशभर विभन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाईउको छ । संविधान दिवस आआफ्नै तौरतरिकाले कार्यक्रमको आयोजना गरी मनाईयो । देशभरका स्थानीय सरकारहरुले पनि आआफ्नै ढंगले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका छन् ।

यसै क्रममा पाल्पाको रिब्दीकोट गाउंपालिकाले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस–२०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको अध्यक्षतामा संविधान दिवस कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै गाउंपालिकाका अध्यक्ष कार्कीले २०७२ को संविधान सबैको संविधान भएकाले संविधानको रक्षा गर्नुपर्ने र संसवधान अनुसार काम गर्नुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले संविधानले सबैलाई समान अधिकार दिएको उल्लेख गर्दै संविधान अन्तरगत रहेर मुलुकलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा शाखा उपसचिव मणिप्रसाद खनाल, वडाका वडाध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु, निःवर्तमान अध्यक्ष, निवर्तमान उपाध्यक्ष, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, कार्यपालिका अन्तर्गतका कर्मचारीहरु, शिक्षकहरु, पत्रकार, समाजसेवी तथा सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा कार्यक्रम भएको थियो ।

संविधान दिवस–२०८२ को पावन अवसरमा रक्तदान कार्यक्रम संचालन गरिएकोमा ११ जनाले रक्तदान दिएका थिए । ११ पोका रगत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाइ हस्तान्तरण गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको स्वागत मन्तव्य र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको संचालनमा कार्यक्रम भएको हो ।