दुग्ध र उखु किसानका समस्या समाधान गर्छुः कृषिमन्त्री परियार


काठमाडौं। नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीतल निवासमा शपथग्रहणपछि मन्त्रालय पुगेका मन्त्री परियारले भने, किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ। उनले मल आयातमा हुने अवरोधको अध्ययन गरी समाधान खोज्ने प्रयास गर्ने पनि बताए।
सरकारको मुख्य कार्यभार फागुन २१ गते निर्वाचन गराउनु रहेको बताउँदै उनले यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिए। शासकीय सुधारलाई पनि आफ्नो प्राथमिकतामा राखेको उनले जानकारी दिए।























