जोशिला शिक्षामन्त्रीः वैज्ञानिक शिक्षामन्त्री पुनले भने, मन्त्रीक्वार्टर चाहिँदैन

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका छन् ।

सोमबार पदभार ग्रहण लगत्तै उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले आफूलाई बस्नका लागि क्वार्टर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिए । उनले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताए ।

उनले भने, शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ती नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ती गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु । उनले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताए ।

उनको नियुक्ति युवाहरूका माग र देशभरका प्रदर्शनपछि शिक्षा र प्रविधि क्षेत्र सुधारका लागि गरिएको कदमका रूपमा हेरिएको छ । पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका छन् ।