पर्यटकका लागि रुपन्देहीमा टुर प्याकेज


बुटवल, असोज १२ गते । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले टुर प्याकेज कार्यक्रम ल्याएको छ । आवास, खाना, यातायात, टुर गाईड एवं विभिन्न भौगोलिक धार्मिक स्थलहरुको भ्रमण सहितको एकीकृत टुर प्योकज कार्यक्रम ल्याएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि समयको बचत, धनको बचत हुनुका साथै बजार चलायमान गराएर रोजगारी सिर्जन ागर्न सकिने र स्थानीय उत्पादनहरुको बजारीकरण गर्न सकिने भएकाले टुर प्याकेज कार्यक्रम ल्याईएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधकुमार खनालले बताए ।
४६ औ विश्व पर्यटन दिवसको अवसरमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा पर्यटकका लािग टुर प्याकेज कार्यक्रम सार्वजनिक गरेको हो । अतिथि देवो भवः भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आतिथ्यता, सुरक्षित बसाई, स्वासथ्यकर खाना हाम्रो पहिचान, आन्तरिक पर्यटन प्रवद्र्वन कला संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने नारासहित संघले २ रात ३ दिनको टुर प्याकेज कार्यक्रम ल्याएको हो । एकीकृत टुर प्याकेज कार्यक्रमले कला स.स्कृतिको संरक्षण हुने, दीगो पर्यटन प्रवद्र्वन गर्न सकिने र सूचनाको आदान – प्रदान सहज हुने रुपन्देहीका पर्यटन व्यवसायीको अपेक्षा छ ।

विशेष गरेर विश्वका विकसित मुलुकहरुमा पर्यटनको विकासंगै टुर प्योकजले सार्थकता पाएकाले नेपालमा पनि यसको सम्भावना अधिक रहेकाले यस्तो कार्यक्रम ल्याईएको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए ।टुर प्याकेज कार्यक्रम अनुसार पर्यटकलाई रुपन्देहीका आवास र खानासहित रुपन्देहीका रमणीय तथा पर्यटकीय स्थलहरुको अवलोकन गराइने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
पहिलो दिन बुटवलबाट देवदह, भैरहवा हुंदे लुम्बिनी, बुद्ध सर्किट यात्रासंगै बुद्धको जन्मस्थलमा रहेका देवी मन्दिर, अशोक स्तम्भलगायतका विभिन्न देशद्वार निर्मित स्तुपाहरको अवलोकनपछि तिलौराकोट हुंदै बुटवल फर्कन टुर प्योकज कार्यक्रमको सेडुल मिलाइृएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै दोस्रो दिन बुटवलको हिलपार्क, शिद्दाबाबा धाम, दुवै केवलकार, कामाख्या र भैरव बाबा मन्दिरको दर्शन, मणिमुकुन्द सेन उद्यान, जीतगढी किल्ला, बनबाटिका अवलोकन गराईने छ ।
टुर प्योकज कार्यक्रममा चार जनादेखि माथिको संख्या हुनुपर्ने र १६ जना भन्दा माथि भएमा १५ प्रतिशत छुट, बच्चाहरुका लागि २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघका बरिष्ठ उपाध्यक्ष अर्जुन थापाले जानकारी गराए । टुर प्याकेज कार्यक्रमका लागि प्रतिव्यक्ती ८ हजार रुपैयां लाग्ने उपाध्यक्ष थापाले बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले ४६ औं विश्व पर्यटन दिवसको अवसरमा शनिबार मोटरसाइकल ¥यालीपछि अन्तरक्रिया गरेको छ । जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा बढ्दो सुरक्षाको विषयमा मध्यनजर गर्दै “नेपाल सुरक्षित गन्तव्य” भन्ने नारासहित संघले कार्यक्रम आयोजना गरेको हो । बुटवलबाट सुरु भएको मोटरसाइकल ¥याली भैरहवाको सुनौली नाकासम्म पुगेको थियो ।
उक्त मोटरसाइकल ¥यालीपछि सुनौलीमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, संघका अध्यक्ष माधवकुमार खनाल, प्रमुख सल्लाहकार माधवप्रसाद नेपाल, संघका प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, होटल ब्यवसायी महासंघका उपसचिव राजेश महहोत्रा, नाटा रुपन्देहीका अध्यक्ष चन्द्रबहादुर थापा, नाटा लुम्बिनी प्रदेशका सल्लाहकार कृष्णप्रसाद अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले अष्ट्रेलियन पर्यटक बारबारा खादा, माला र मायाको चिनोले स्वागत गरेका थिए । रुपन्देहीका जिल्ला अधिकारी टोकराज पाण्डेले पर्यटन व्यवसायीलाई ढुक्क भएर पेशा व्यवसाय चलाउन आग्रह गर्दै सुरक्षाको चिन्ता नर्गनसमेत आग्रह गरेका छन् ।
यस्तै संघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पर्यटन व्यवसायलाई चलायमान बनाउनु पर्ने बताउंदै देशमा विषम अवस्थाको सिर्जना भएपनि आफ्नो पेशा व्यवसायप्रति प्रतिवद्व भएर लाग्न आग्रह गरे ।
जेनजी आन्दोलनमा भएको घुसपैठले देशमा ग्रहण लाग्दा पर्यटन क्षेत्रमा पनि त्यो ग्रहणले छोएकाले देशलाई चलायमान बनाउन पर्यटन व्यवसाय चलायमान हुनुपर्नेमा जोड दिए बुटवलका नगर प्रमुख पाण्डेयले ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष समुन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बिमल भट्टराई, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि खत्री, संघका सल्लाहकार बालाराम भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, संघका पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमाकान्त पाण्डे, कोषाध्यक्ष अर्जुन पोखरेल लगायतले बालेको थिए । संका अध्यक्ष माधवकुमार खनालको अध्यक्षता र सचिव तुल्सीराम पराजुलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पर्यटन दिवसको अवसमा संघका आवद्व रुपन्देहीका होटलहरुमा असोज ११ गतेदेखि १७ गतेसम्म लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।






















