बाग्लुङमा राष्ट्रिय जनमोतर्चाको अन्तरक्रिया


बाग्लुङ, असोज १२ गते । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा यही असोज ११ गते बागलुङ बजारमा “राष्ट्रियता र संविधान रक्षाको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाँउले श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार नरबहादुर पुनले सहभागीले उठाएको जिज्ञासा र प्रश्न उत्तर दिंदै संगठनको धारणा प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, ने क पा समाजबादीका पिङगल राज गौतम, रास्वपाका खिमानन्द पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका अध्यक्ष डा. दिनबहादुर थापा, नेपाल बार एसोसियन बागलुङका अध्यक्ष गिता श्रीस, प्रा.डा. डिल्लीराज गौतम, प्रा. भक्तिराम न्यौपाने, मानव अधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी जिसी कार्की, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अबिरल, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष बिजय राना लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, केन्द्रीय सदस्य दिल बहमदुर दर्जी, लिलादेवी शर्मा, गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर लगायत जिल्ला सदस्यहरुको आतित्थ्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिव भिमलाल पोखरेलको सञ्चालन र सचिवालय सदस्य लक्ष्मी बास्कोटाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।























