यस्तो अवस्था आउंछ तिमिहरु सुध्र भनेर पहिल्यै भनेको थिए – चित्रबहादुर केसी

बुटवल, असोज २३ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ दलहरु समयमा नध्रेका कारण अहिलेको यो अवस्था आएको बताएका छन् । तपाईंहरू नसुध्रिए यो अवस्था आउने चेतावनी मैले पहिले नै दिएको थिए । अध्यक्ष केसीले भने – उनीहरु सुध्रनुको सट्टा झनै बिग्रेकाले यस्तो अवस्था आएको हो ।

बिहीबार बुटवलमा अखिल नेपाल जनजाति सम्मेलनको तेस्रो रुपन्देही जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मैले पहिलेनै खबरदारी गरेको थिए नभन्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलने देशलाई यो अवस्थामा पुरायो । ‘मैले लगातार भन्दै आएको छु, यदि तिमीहरू सुध्रिएनौ भने यस्तो अवस्थामा आउनेछ’ सम्मेलनको उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख अतिथिका रुपमा अध्यष्म केसीले भने – अझै गल्ती स्वीकार नगरे अवस्था झनै जटिल हुन सक्छ ।

युवा पुस्तालाई देशमा केही हुँदैन भन्ने भाष्य देशभित्रका शासक र विदेशी प्रतिक्रियावादी शक्ती खडा गरिएको बताउंदै उनले भने – ‘देशको अवस्था गम्भीर छ । यो अवस्था आउनुमा सत्ता गठबन्धनका एमाले, कांगे्रस जवाफदेही हुनुपर्छ ।

नेपाली समाजमा केही हुँदैन भन्ने भाष्य खडा गरिएको र कुनै देशलाई सिध्याउन छ भन्ने त्यस देशको शिक्षाप्रणाली ध्वस्त पार्नुपर्छ । आखिर नेपालको शिक्षाप्रणाली ध्वस्त नै पारिएयो ।देशका भ्रष्ट र नालायक सरकारको भूमिकाले गर्दा युवा पुस्ता त्यसबाट प्रभावित भएको बताउंदै ‘जेनजी आन्दोलन त बहाना बन्यो ।

देशमा यो अवस्था ल्याउन दृश्य अदृश्य शक्तिकेन्द्रको हात रहेको अध्यक्ष केसीको दावी छ ।
उनले आन्दोलनमा विदेशी अराष्ट्रिय तत्वको घुसपैठ भएको बताउंदै ‘जेनजी आन्दोलनकै क्रममा २०७२ सालको संविधान जलाउने प्रयत्न गर्नु त्यसको एउटा प्रमाण हो भने ।

कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकमा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देही अध्यष टानबहादुर केसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य मिना बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका उपाध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघ रुपन्देहीका अध्यक्ष लीलबहादुर केसी, उद्योग व्यापार संघका पूर्व अध्यक्ष ढुण्डिराज शर्मा र अप्फा रुपन्देहीका जिल्ला अध्यक्ष गणेश गौतम, विष्णु श्रीनेतलगायतले बोलेका थिए ।
नारायण पुनको अध्यक्षता र नगेन्द्र श्रीनेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।