गाउंदेखि सहरसम्म बुद्वमूमि महीको बजार फस्टाउंदै

श्यामलाल पोखरेल
बुटवल, असोज २४ गते । बुद्वभूमि मही अहिले गाउंदेखि सहरसम्म लोकप्रीय बन्दै गएको छ । विभिन्न प्रकार पेय पदार्थको प्रयोग गर्नेहरुले अहिले बुद्वभूमि मही खोज्जेर खान थालेका छन् । कपिलवस्तुको बुद्वभूमि नगरपालिका इमिलियमा सञ्चालित ग्लोवल डेरी प्रालिले मही उत्पादन गर्न थालेको एक वर्ष नपुग्दै बुद्वभूमि महीले बजार लिएको हो ।

दुध, दही, घिउ, पनिर, छुर्पीलगायतका दुधजन्य खाद्य वस्तुहरु उत्पादन गर्दै आएको प्रालिले २०८१ को बैशाखदेखि मही उत्पादन शुरु गरेको हो । मासनिलाई मही खान बानीपार्ने उद्वेश्यले मही अभियान नै सञ्चालन गरेपछि अहिले बजारमा ग्लोवल डेरी प्रालिले उत्पादन गरेको बुद्वभूमि महीको खोजी हुन थालेको हो ।

कपिलवस्तुको इमिलियामा सञ्चालित प्रालि उद्योगबाट दैनिक २ हजार र काठमाण्डौको युनिटबाट दैनिक ५ सय लिटर मही उत्पादन भैरहेको ग्लोवल डेरी प्रालिका अध्यक्ष थानेश्वर न्यौपानले जानकारी गराए । ग्लोवल डेरी प्रालिबाट उत्पादन भएको मही अहिले कपिलवस्तु, अर्घाखांची, रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बांके र स्याङ्जा लगायतका जिल्लामा विक्रीबितरण हुदै आएको छ ।

विदेशी ब्रान्डका चिल्लो र अत्यधिक गुलिया (सुगरयुक्त) पेय पदार्थहरूले कब्जा जमाएको नेपाली बजारमा एक वर्ष यतादेखि महीको माग बढेको डेरी व्यवसायी कृष्ण भट्टराईले बताए । टिनका डिब्बा र प्लास्टिकका बोतलमा सजिएका पेय वस्तुहरूलाई उपभोक्ताले आधुनिकताको लहलहैमा लागेर गुलिया पेय पदार्थ खांदा स्वास्थ्य सकरात्मक भन्दा नकरात्मक प्रभाव पारेकाले महीप्रति आर्कषण बढेको उपभोक्ताको भनाइ छ ।
विद्यालयका क्यान्टिनदेखि सहरका रेस्टुरेन्ट, चिया पसलदेखि ठुला पार्टी–समारोहसम्म, कोक, फेन्टा, स्प्राइट जस्ता पेयहरू कार्बन र चिनीयुक्त पदार्थ अपरिहार्य जस्तै बनिसकेका बेला ग्लोवल डेरी प्रालिले सञ्चालन गरेको मही अभियानले सार्थकता पाएको छ ।
मही अभियान सञ्चालन भएपछि परम्परादेखिको मही खाने बानीको विकास हुनुका साथै सस्तो, पोषिलो भएकाले आमउपभोक्ताले पेय पदार्थको सट्टा मही खान थालेको डेरी वयवसायीहरुको दावी छ ।

डेरी व्यवसायीका अनुसार परापूर्वकालदेखि गाउँघरमा महीखाने चलन कायमै थियो । तर बजारमा भने महीको भन्दा विभिन्न खालका पेय पदार्थको प्रयोग बढी भैरहेको बेला अहिले महकिो माग दिन प्रतिदिन बढ्दै गएको छ । सहर बजारमा महीले नयां पहिचान कायम गरिसकेको छ ।
पेय पदार्थको सट्टा सिंहदरबारदेखि, अस्पताल, विद्यालयका क्यान्टिन, होटल र चिया पसलहरुमा पनि आजभोली महीको खोजी हुन थालेको छ । जसले गर्दा महीको उत्पादन बढाउने तयारी गरिएको बताउछन् ग्लोवल डेरी प्रालिका अध्यक्ष थानेश्वर न्यौपाने । क्याफेमा बसेर गुलया खालका विभिन्न प्रकारका पेय पदार्थ खाने युवापुस्ताले मही खोज्न थालेको देख्दा खुशी लाग्ने गरेको उनले बताए । दुध मही पिउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ मही अभियान चलाउंदा केहीले यसले गरी खान्न भन्थे अहिले महीको माग बढेपछि सबै थप उत्पादन गर्न उत्साह थपिएको र किसनाहरुलाई पनि फाईदा भएको न्यौपानले बताए ।

नेपाल डेरी एसोसिएसनले मोही प्रवर्धनका सबै प्रदेशमा महीलाई अभियानको रूपमा चलाएर हरेक वर्षको चैत २८ लाई राष्ट्रिय मही दिवसको रूपमा मनाउन थालेपछि ग्लोवल डेरी प्रालिले मही उत्पादन गर्न थालेको हो । दुई तिन वर्ष वर्षयता कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग र नीजि क्षेत्रका डेरीहरुले दूध तथा दुग्धजन्य पदार्थको उपभोग प्रवर्धनका लागि सक्रियता बढाएका छन् ।

महीलाई केवल परिकारको रूपमा होइन, संस्कार र स्वास्थ्यसँग जोडिएको वैकल्पिक पेयको रूपमा पुनःस्थापित गर्ने दिशामा पाइला चालेको र उक्त अभियान सफल भएको ग्लोवल डेरी प्रालिका अध्यक्ष थानेश्वर न्यौपानेको दावी छ । डेरी व्यवसायीहरुले सञ्चालन गरेको मही अभियानले सार्थकता पाएको र मही अभियान देशव्यापी हुने कृषि तथा पशुपन्छी क्षेत्रका विज्ञहरुले बताएका छन् । डेरी व्यवसायीहरुले महीलाई प्रतिस्पर्धी बनाउने गरी लेबलिङ, प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउंदा पेय पदार्थको बजार कमजोर बन्दै गएको महीको बजार फस्टाउंदै गएको पशु चिकित्सक लोकराज भुसालले बताए ।

बजारमा महीको माग बढ्न थालेपछि पछिल्लो समय ग्लोवल डेरी प्रालि लगायत अन्य थुपै्र डेरीहरुले मही उत्पादन गर्न थालेका छन् । रुपन्देहीको शिवगंगा डेरी, रुपन्देहीकै लस्कुन डेरी, पोखराको एस एण्ड डेरी, चितवनको पवन डेरी, कोशकिो साझा डेरी, ललितपुरको नवप्रभात डेरी, धनकुटाको राजु डेरी, झापाको पूर्वाद्र्ध डेरीलगायत अन्य थुप्रै डेरीबाट मही उत्पादन गर्ने गरेका छन् ।

गुलिया पेय पदार्थको विकल्पमा मही उत्पादन हुन थालेपछि बजारमा गुलिया विभन्न प्रकारका पेय पदार्थहरुको बजार कमजोर हुंदे गएको बुटवलका किराना व्यवसायीहरुले बथताएका छन् । हिजो कोकाकोला, मिरिन्डा लगायतका पेय पदार्थ खानेहरुले अहिले मही खोज्न थालेको किराना व्यवसायी राधा भुसालले बताइन ।

मही खाने बानी अब केवल गाउँघरमा मात्रै सीमित छैन । मही स्वाद र संस्कारको रुपमा गाउँदेखि सहर बजारसम्म मही लोकप्रिय बन्दै गएको छ । एक वर्ष यतादेखि पश्चिम नेपालमा महीको बजार फस्टाउंदै गएको छ ।