लालटिन सहकारीको प्राथमिकतामा कृषि उत्पादन

   बुटवल, असोज २७ गते । बुटवलमा कार्यालय रहेको लुम्बिनी प्रदेशस्तरीय लालटिन बहुउद्वेश्यीय सहकारीले व्यवसायीक रुपमा सहकारी पसल सञ्चालन गरेको छ । स्थापना कालदेखि कृषि क्षेत्रलाई प्राथमिता दिएको सहकारीले स्थानीय कृषि उत्पादनहरुको बजारीकरणमा सहयोग पुराएको छ ।
अम्रिसाको कुचो, बाटेको धुप, पर्व अनुसारको पकवान तथा हस्तकला सामाग्री र स्थानीय कृषि उत्पादन खरिद गरी प्याकेजिङ गरेर सहकारी पसलबाट उपभोक्तामाझ पुराईएको लालटिन सहकारीका सचिव दिनेशकुमार पाण्डेय क्षेत्रीले जानकारी गराए । सचिव पाण्डेय क्षेत्रीका अनुसार यि समान एक वर्षमा १० लाख बराबरको कारोवार भएको छ ।

बुटवलमा सम्पन्न लालटिन बहुउद्वेश्यीय सहकारीको १० औं वार्षिक साधारण सभामा अध्यक्ष गंगालाल सापकोटाले शेयर बढाएर वित्तिय शाखाहरु विस्तार गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बिक्री वितरण गर्ने बताए । सहकारी सिद्वान्तको आधारमा सहकारी सञ्चालन गरिएकाले बुटवल बाहिरबाट आएका केही सहकारीले बदनाम गरेको उल्लेख गर्दै हाम्रो सहकारी सही ढंगले सञ्चालन भएको छ, कुनै शंका नमानी शेयर सदस्य बढाउने अभियानमा लागिने बताए ।

२०७२ साल साउन २७ गते स्थापना भएको लालटिन सहकारीमा अहिले शेयर सदस्य संख्या २७ सय पुग्नै लागेको छ । शेयर पंूजी २ करोड ५० लाख रहेको सहकारीले रुपन्देहीको मुर्गिया र तिलोत्तमाको दीपनगरमा वित्तिय शाखाहरु सञ्चालन गरेको छ ।
सहकारी पसलबाट स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएको सहकारीले यस आर्थिक वर्षमा ८० लाख बराबरको दाल तथा गेडागुडीहरु प्याकेजिङ गरेर विक्री वितरण गरिएको व्यवस्थापक लोकनाथ गिरीले मिसन टुडेलाई जानकारी गराए । व्यवस्थापक गिरीका अनुसार आगमी आर्थिक वर्षमा रु. १ करोड पुराउने लक्ष्य राखिएको छ ।

सबै दैनिक उपभोग्य सामाग्रीहरु सहकारी पसलबाट उपलब्ध गराउंदै आएको सहकारीले सहकारी सदस्य तथा समूदायलाई सुरक्षित दीगोपन र गुणस्तरीय आवास सेवा उपलब्ध गराउने, स्थानीय पर्यटन, सांस्कृतिक र सामाजिक गतिविधिमा योगदान पुराउने लक्षय रहेको उपाध्यक्ष गोपाल गैरेले बताए ।

सहकारीको स्वामित्वमा रु १ करोड भित्रको लगानीमा कर्मचारी व्यवस्थापन गरेर सहकारीका सदस्य, सम्बन्धित पाहुना, यात्रु तथा पर्यटकलाई लक्षित गरी लालटिन सहकारी आवास लज सञ्चालन गर्ने योजना रहेको कोषाध्यक्ष शिवराम उपाध्यायले बताए ।

नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको सहकारीले १० औं वार्षिक साधारण सभासम्म ३० औं पटक रक्तदान कार्यक्रम गरी सकेको छ ।
सहकारीले जेष्ठ नागरिक कृष्णवम मल्लको प्रमुख आतिथ्यामा १० औं वार्षिक साधारण सभा गरेको छ । त्यस अवसरमा जेष्ठ नागरिक कृष्ण वममल्ल, असल कर्मचारी कल्पना खत्री, असल ऋणी सुजन ढकाल, पसलमा उत्कृष्ट कारेवार गर्ने शरिता पोखरेल, न्यौपाने र मानसिंङ सोमैलाई सम्मान गरिएको छ । त्यस्तै नियमित रक्तदान गर्ने सुनिल पाण्डे र प्रवेश घिमिरेलाई पनि सम्मान गरिएको सहसचिव पुष्पा न्यौपाने शर्माले जानकारी गराईन ।

सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, सचिव दिनेशकुमार पाण्डे क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक कृष्णवम मल्ले सही ढंगले सहकारी चलाएर शेयर सदस्यहरुको मन जित्न सञ्चालक समितिलाई सुझाव दिए । उक्त कार्यक्रममा बाबुराम आचार्य र प्रदिप भट्टराईले आआफ्ना भनाइ राखेका थिए ।

कोषाध्यक्ष शिवराम घिमिरेले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत रुपमा पास भएको व्यवस्थापक लोकनाथ गिरीले जानकारी गराए ।
मिसन डुडेमा प्रकाशित