सिद्धार्थ उवासंघ र लुम्बिनी केवलकारबीच सम्झौता


बुटवल, असोज २९ गते । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा र लुम्बिनी केवलकार प्रालि बुटवलवीच व्यवसायीक सम्झौता भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई संस्थावीच सम्झौतालाई गरिएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता अनुसार, संघमा नविकरण भएका साधारण सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा लुम्बिनी केवलकारको टिकटमा ५० प्रतिशत छुट पाउने छन् ।

सम्झौता पत्रमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र लुम्बिनी केबलकारका वित्त प्रमुख राजन लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी केबलकारले संघका पदाधिकारी, कार्यसमिति सदस्य र सबै सदस्य उद्योगी व्यवसायीलाई टिकट दरमा विशेष छुट सुविधा दिने दिने गरी आपसी सम्झौता गरिएको लुम्बिनी केबलकारका वित्त प्रमुख राजन लम्सालले जानकारी गराए ।
केबलकारको बजार प्रवद्र्धनका लागि विभिन्न व्यवसायिक, शैक्षिक, लगायतका विभिन्न संस्थाहरुसंग सम्झौता गरी टिकट दरमा छुटको सुविधा दिएको उनले बताए । संघमा आवद्द उद्योगी व्यवसायीहरुको हितमा र संस्थागत रुपमा आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने गरी सम्झौता गरिएको सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । भारतीय पर्यटकलाई केबलकारमार्फत बसन्तपुरको अवलाृेकन गराउन सकिने कामाख्या मन्दिर दर्शन गराएर पर्यटक भित्राउन सकिने भएकाले व्यवसायीक हितमा हामी दुई संस्थावीचको पलदायी हुने विश्वास व्यक्त गरे ।

सिद्दार्थ उद्योग वाणिज्य संघका बाणिज्य उपााध्यक्ष हरि थापा, महासचिव कृष्णप्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कार्यकारी सचिव कमला बस्नेत, कार्यकारी उपसचिव खगेन्द्र शर्मालगायतको सहभागितामा सम्झौता गरिएको हो । २०८० जेठ २४ गते बिहीबार तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन लुम्बिनी केबलकार उद्घाटन गरेका थिए । यो लुम्बिनी केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालन गरिएको यो केबलकार नेपालकै दोस्रो लामो हो । केबलकारको टप स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल, जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ लगायतका पूर्वाधार छन् ।
साढे ३ अर्बको लगानीमा निर्माण गरिएको लुम्बिनी केवलकारले बेलाबेला विभिन्न प्रकारका अफरहरु ल्याउने गरेको छ । पछिल्लो पटक लुम्बिनी केवलकार लिमिटेडले जन्मदिनको दिन केवलकार यात्रा गर्ने व्यक्तिलाई टिकट निःशुल्क दिने अफर ल्याएको छ ।
पछिल्लो समय आफ्नो जन्मदिन बसन्तपुर मनाउन चाहाने वा केवलकारमा बसन्तपुर घुमरेर फर्केर मनाउन चाहाने व्यक्तिहरुका लागि दुईतर्फी टिकट निःशुल्क गराइएको छ । जसले गर्दा लुम्बिनी केवलकार चड्नेहरुको संख्या बढ्दो छ ।
कम्पनीका अनुसार बटम स्टेसन समुन्द्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुगिन्छ । बुटवल उपमहानगरपालिका, तिनाउं गाउंपालिका र लुम्बिनी केबलकार लिमिटेडबीच त्रिपक्षीय सम्झौतामा यो केबलकार सञ्चालन गरिएको हो । दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने केबलकारको क्षमता छ । केबलकारको दुरी ३ किलोमिटर छ ।
बुटवलमा लुम्बिनी केबलकार र सिद्दार्थ केबलकार गरी दुई वटा केबलकार सञ्चालनमा छन् । सिद्दार्थ केबलकार बुटवलको फुलवारीबाट पाल्पाको नुवाकोटसम्म सञ्चालनमा छ ।






















