आयोगमा बयान दिन जान्न – ओली


बुटवल, कार्तिक २ गते । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई थुन्न आयोग बनाइएको आयोगमा बयान दिन नजाने बताएका छन् ।
एमाललेले काठमाडौँमा सम्पादकहरुसंग आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भन्नेलाई नै छानबिनको जिम्मा दिइएकाले म कसरी बयान दिन जाने भन्दै प्रश्न गरे ।

आफुलाई तारगेट गरेर बनाएको आयोगलाई बयान नदिने ओलीको दावी छ। कसले कहां कहां आयोग बनाउछ त्यस्ता आयोगमा केप ीओली बयान दिन जान्न र कतै भाग्दैन उनले भने ।
ओलीले आफ्नो सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयमा बोल्दै भने– ’डेढ वर्षदेखि नेपालमा अनुत्तरदायी भएर चलाउन पाइँदैन, दर्ता हुनुपर्छ । लिखिति, मौखिक पत्राचार गरेका थियौँ । राष्ट्रको स्वाभिमान हुँदैन ? आदत लागेको छ । हत्तपत्त म कुनै पनि कुराको एडिक्ट हुन्न । देशको स्वाभिमान भन्दा ठूलो मेरो आदत हुँदैन ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीमा नेतृत्व अभाव नरहेको बताउंदै भने पार्टी नेतृत्व छोड्ने विषय समय र आवश्यकताको कुरा हो । अमेरिका, भारत, चीनलागायतका देशमा आफु भन्दा बढी उमेरका व्यक्तिले नेतृत्व गरिरहेका छन् ।
ओलीले देश र जनताप्रति आफू बफादार भएको दावी गर्दै कसैलाई मन नपर्ला म देश र जनताको पक्षमा छु उनले भने ।























