टानबहादुरको निधनप्रति दुख व्यक्त गर्दै चित्रबहादुरद्दारा श्रदाञ्जली अर्पण

बुटवल, कार्तिक ९ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष स्व. टानबहादुर केसीप्रति श्रदाञ्जली अर्पण गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको स्व. टानबहादुर केसीको निवासमै पुगेरा अध्यक्ष केसीले श्रदाञ्जली अर्पण गरेका हुन् ।

अध्यक्ष केसीले स्मृतिशेष टानबहादुर केसीको तस्वीरमा पुष्प अर्पण गर्दै कम्युनिष्ट आन्दोलन र परिवर्तनका लागि टानबहादुर केसीले पु¥याएको योगदानको स्मरण गर्दै देशले इमान्दार नेता गुमाएको भन्दै दुख्ख प्रकट गरे । शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै अध्यक्ष केसीले स्मृतिशेष टानबहादुरको सोंच, चिन्तन, व्यवहार, इमान्दारिता र जनताप्रतिको निष्ठा भुल्न हनुने बताउंदै स्व. टानबहादरको सपना पुरा नहुंदासम्म मुलुकले निकास पाउन नसक्ने र जनताको राज्यसत्ता कायम नहुने बताए ।

टानबहादुर केसीको निधनले नेकपा मसाल, राष्ट्रिय जनमोर्चाका साथै सिंगो कम्युनिष्ट आन्दोलनका लागि ठूलो क्षती भएको बताउंदै अध्यक्ष केसीले भने हामी बाचेकाले स्व. केसीले देखाएको बाटोमा हिडेर उहांका सपना पुरा गर्नुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टी मसाल रुपन्देहीका सचिवालय सदस्य, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष र विभिन्न सामाजिक संघसस्थाहरुमा क्रियाशिल टानबहादुर केसी सबैका लागि साझा र निष्ठावान नेताको रुपमा परिचत थिए । यही कार्तिक ६ गते भाईटिका तथा तिहारको दिउंसो टानबहादुर केसीको अचानक मृत्यु भएको हो । दिदी बहिनको हातको टिका लगाएर दिदी, बहिनी, छोराहरु, श्रीमती र घरमा आएका आफन्तजनहरुसंग तिहारको सोरठीमा घरमै नांच्दै गरेको अवस्थामा एक्कासी ढलेका थिए ।

नाच्दा नाच्दै ढलेर बेहहोस भएपछि टानबहादुर केसीलाई २० मिनेट भित्रै बुटवलको बुटवल हस्पिटल प्रालिमा उपचारका लागि लगिएको थियो । उपचारका लागि लगिएका केसीलाई डाक्टरहरुले चेकजांच गर्दासाथ मृत घोषणा गरेका थिए ।

अर्घाखा“ची जिल्ला साविकको धारापानी गाविस. हाल भूमिकास्थान नगरपालिका वडा नम्बर ४ साना औअलमा बुवा लिलबहादुर केसी, आमा तैसरा केसीको कोखबाट २०२७ साल भदौ १६ गते जन्मेका टानबहादुर केसी २०४४ सालदेखि नेकपा मसालको राजनीतिमा लागेका थिए ।
केसीको निधनप्रति दुख्ख व्यक्त गर्दै नेकपा मसालले शोक वक्तब्व जारी गरेर श्रदाञ्जली अर्पण गरेको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रमले स्व. टानबहादुरप्रति श्रदाञ्जली र परिवाजनमा समवेदना प्रकट गरेका छन् ।

स्व. टानबहादुर केसीको यही कार्तिक ७ गते शव यात्रापछि स्थानीय मगरघाटमा राष्टिय जनमोर्चा रुपन्देहीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली दिएपछि दाहासंस्कार गरिएको थियो । उक्त श्रदाञ्जली कार्यक्रमा राष्टिय जनमोर्चाका स्थानीय नेता गंगालाल सापकोटाले स्व. टानबहादुरको जीवनीबारे बताएका थिए ।

नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले  पार्टीको शोक वक्ततब्य बाचन गरेका थिए, भने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र भूमिकास्थान नगरपालिका अर्घाखांचीका नगर प्रमुख भविलाल थापाले श्रदाञ्जली अर्पण गर्दै शोक मन्तब्य व्यक्त गरेका थिए ।

शवयात्रा र अन्तिम दाहासंस्कारमा पार्टी पंक्ती, शुभचिन्तक, आफन्तजन र दाजुभाईहरुको ठूलो सहभागिता रहेको थियो । स्व. टानबहादुर केसीका एक श्रीमती र ३ जना छोरा छन् ।