गल्ती गरेको भए दण्डित हुन तयार छु – विष्णु पौडेल


बुटवल, कार्तिक १९ गते । एमालेका उपाध्यक्ष विष्णुप्र पौडेलले आफुले कुनै गल्ती कमजोरी नगरेको र काम गर्दा गल्ती गरेको भए आलोचनाको विषय बनाउन सकिने पत्रकारहरुसंग बताएका छन् । काम गर्दा गम्भीर गल्ती प्रकारको गल्ती गरेको प्रमाण भएमा आफु दण्डित हुनपनि तयार रहेको बताए ।

पे्रस चौचारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया बोल्दै आफुले केही गल्ती नगरेको संकेत गर्दै गल्ती भए सुधारने मौका दिन पनि पत्रकारहरुसंग आग्रह गरे ।उनले चुनाव हुने लक्ष्यण नदेखिएको बताएका छन् । फागुन २१ गते नजिकिंदि जांदा पनि चुनावी माहोल नबनेको र फागुनसम्म चुनावको तयारी पनि हुन नसक्ने बताउंदै तर चुनाव भएमा एमाले चुनावबाट भाग्दैन, जनताका अगाडि चुनावमा जाने बताए । चुनाव भैहालेमा चुनावमा जान्छ तर अहिले एमालेको बटमलाइन भनेको संसद पुनस्थापना र संविधान संशोधन हो भने ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले यो सरकारले चुनाव गराउन नसक्ने दावी गर्दै पार्टी र नेताको विकल्प भएपनि लोकतान्त्रिक प्रतिष्पर्दा गर्ने प्रणालीको विकल्प नभएकाले यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जोगाउन संसद पुनस्थापना नै भएको बताए ।अहिलेको समस्याको समाधान नै संसद पुनस्थापना भएको उल्लेख गर्दै संविधानको मर्म अनुसार दलहरु नै आउनु पर्ने त्यसका लागि संसद पुनस्थापना र संविधान संशोधन नै अपरिहार्य हो भने ।

पार्टी अध्यक्षले सरकारको नेतृत्व गरेको अवस्थामा भएको जेनजी आन्दोलनको जिम्मा लिने बताउंदै भदौ २३ र २४ गतेको आन्दोलनमा घुसपैठ भएकाले उक्त घुसपैठमा सहभागी भएर विध्वंस गर्नेहरुको पहिचान गरी यो सरकारले कारवाही गर्नुपर्ने बताए । जेनजी आन्दोलका दोषीलाई कानुन अनुसार कडा कारवाही नभए शान्ति सुरक्षा नहुने बताउंदै शान्ति सुरक्षा कायम गर्नका लागि पनि दोषी उपर निष्पक्ष छानविन गरेर कारवाही नगरे मुलुकले थप समस्या भोग्नु पर्ने बताए ।
उनले आगमी मंसिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुने एमालेको ११ औं महाधिवेशन तमत्कारी रुपमा सम्पन्न हुने बताउंदै आपसी सहमती र समझदारीमा नेतृत्व चयन हुने दावी गरे । उनले पार्टी अध्यक्ष र पदाधिकारका साथै अन्य पदहरुमा सहमतीमा निर्धारण गरिने र सम्भव नभए लोकतान्कि अभ्यासबाट सहजतका साथ नेतृत्व चयन गरेर महाधिवेशन सम्पन्न हुने बताए ।
गत भदौ २० देखि २२ गतेसम्म जसरी सहज रुपमा विधान महाधिवेशन सम्पन्न भएको थियो, त्यसै गरी ११ औं महाधिवेशन पनि सम्पन्न हुने बताउंदै नेता पौडेलले भने महाधिवेशनबाट पार्टी थप एकताबद्ध बन्छ । एमालेमा पूर्व राष्टपति विद्या भण्डारीको अवस्था के हो भन्ने पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले भने पूर्व राष्टपति सक्रिय राजनीतिमा आउन हुन्न भन्ने कुनै सिद्दान्त नभएको बताउंदै विद्या भण्डारीलाई मनाएर लैजाने विषयमा अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएको बताए । अध्यक्ष ओली र पूर्व राष्टपतिबीच कुनै मनमुटाव तथा कटुता नभएको उनले बताए ।
पूर्व अर्थमन्त्री पौडेलले रुपन्देहीका कुनैपनि विकासका आयोजनाहरु रोक्न हनाुे बताउंदै विकासका आयोजनाहरुलाई निरन्तरता दिनका लागि अहिलेका अर्थमन्त्रीसंग पनि आफुले कुरा गरेको बताए । बुटवल नारायणगढ सडक, बुटवल, पाल्पा सडक, बेलवास बेथरी सडक, बुटवल गोरुसिंगे सडक र अन्य सबै विकासका आयोजनाहरु समयमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि म जनतासंगै रहेर काम गर्छु भन्दै प्रतिवद्दता जानाए ।
पे्रस चौतारी नेपाल रुपन्देही अध्यक्ष भगवती पाण्डेको अध्यक्षता र सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो । सांसदसमेत रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेल जेनजी आन्दोलनपछि रुपन्देहीको बुटवलमा पहिलो पटक पत्रकारसंग अन्तरक्रियामा सहभागी भएका हुन् ।






















