राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीले प्रधानमन्त्रीलाई बुझायो ६ बुंदे ज्ञापन पत्र

बुटवल, कार्तिक १९ गते । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ केन्द्रीय समितिका बरिष्ट उपाध्यक्ष पदम श्रेष्ठको नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

निवर्तमान केन्द्रीय अध्यक्ष ढुंडीराज शर्मा, जिल्ला समितिका अध्यक्ष उमलाल बन्जाडे, सल्लाहकार चेतनाथ आचार्य, बद्रे आलम, सचिव गंगालाल सापकोटा, सदस्य दिनेशकुमार पाण्डे क्षेत्री, सदस्य शिवराम उपाध्याय, सदस्य नारायण पुन सहितको टोलिले ६ बुंदे ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापन पत्रमा जेनजी आन्दोलनमा घुपैठ गरेर क्षती पुराउनेको खोजी गरी निष्पक्ष छानविन गरेर कारवाहीको दायारामा ल्याउनु पर्ने, उद्योग व्यापारमा घाटा पुराउने घटनाहरु रोक्नुपर्ने र उदोगी वयवसायीलाई लगानीमैत्री वातावरणसंगै लगानीको सुरक्षाको ग्यारन्टी गर्नुपर्ने, व्यवसायिक प्रतिष्ठान तथा उद्योगहरुमा र नीजी सम्पतीमा क्षती पुराउने विरुद्द कडा कानुनी वयवस्था गर्नुपर्ने, डेडिकेटेड ट्कलाइनको अरबौ बक्यौदा असुलउपर हुन नसक्दा केही उद्योगहरुको लाइन काटिएका कारण बन्द भएका उद्योगहरु खुलाउनका लागि सहज तरिकाले वार्ताको माध्यमबाट तत्काल निकास निकाल्नुपर्ने लगायतका ६ बुंदे मागहरु सरकारसंग अगाडि सारिएको छ ।