ऐतिहांसिक, पुरातात्कि, धार्मिक र सांस्कृतिक महत्व बोकेको फुलवारी

बुटवल, कार्तिक २० गते । संसारमा नहारेको अंग्रेज सेनालाई परास्त गरेर नेपाली सेनाले इतिहांस रचेको जीतगढी किल्लासंगै जोडिएको छ, बुटवल फुलवारी । अहिले फुलवारी मणिमुकुन्द सेन उद्यानको रुपमा परिचित छ । पाल्पाली राजा रुद्रसेन द्दितियद्दारा १५ औं शताब्दीमा आधार राखिएको फुलवारी क्षेत्रमा शीतकालिन दरबार तथा प्रशासनिक केन्द्र रहेको ऐतिहांसिक, पुरातात्कि, धार्मिक र सांस्कृतिक पहिचान बोकेको फुलबारी अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।

ऐतिहांसिक, पुरातात्कि, धार्मिक र सांस्कृतिक पहिचान बोकेको फुलबारीलाई पर्यटकीय स्थलका रुपमा विकासका कामहरु गर्दै आएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १७ औं वार्षिक साधारण सभा भएको छ ।

हाम्रो मान, हाम्रो शान, मणिमुकुन्द सेन उद्यान भन्ने नाराका साथ आयोजना गरिएको साधारण सभामा बोल्ने जनप्रतिनिधि र सरोकारवालाहरुले उद्यानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि सुरक्षित, व्यवस्थित, समावेशी र शाश्वत व्यवस्थापनसहित सञ्चालन गर्न सुझाव दिएका छन् । पवmुलवारी तथा उद्यानलाई उचित रुपमा व्यवस्थापन गरेर ऐतिहांसिक, पुरातात्कि, धार्मिक र सांस्कृतिक महत्व के हो भन्ने विषयमा प्रचार प्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने बताए ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले जीतगढी किल्लासंग जोडिएको फुलवारी एतेहांसिकस्थल भएकाले उत्खनन् कार्यलाई निरन्तरता दिने गरी काम गर्न मणिमुकुन्द सेन उद्यान संरक्षण समितिलाई आग्रह गरेका छन् ।

पुरातत्व विभागको सहयोगमा उत्खनन् गर्नुपर्ने र त्यसका लागि तिनै तहका सरकारलाई सहयोग गर्न आग्रह गर्दै उनले भने आर्थिक पारदर्शीता, सुशासन र प्रशासनिक दक्षता बढाएर आम्दानीका वैकल्पिक श्रोत पहिचान गर्नुपर्छ । जेनजी आन्दोलनको पाठ सिकेर अब हरके संघसस्थाहरुलाई भ्रष्टचार मुक्त बनाएर सुशासन कायम गरी नागरिक तथा उपभोक्ताई सहज रुपमा सेवा दिनुपर्ने बताउंदै सिंगो समाज र पार्टी भ्रष्टचार मुक्त छने भन्न सकिने अवस्था नरहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले फुलवारी बुटवलको मात्रै गौरव नभएर देशकै गौरब भएकाले यसको विकास र संरक्षणमा साझा धारण बनाउन आवश्यक रहेको बताए । उनले अंगेज सेनालाई हराएर नेपाल जोगाउन सफल भएको जीतगढीको काखमा रहेको फुलवारीलाई फुलको बगौचा जस्तै गरेर विकास गर्नुपर्ने र त्यसका लागि बुटवल उपमहानगरपालिका सबैसंग सहकार्य गर्न तयार रहेको बताए ।
जीतगढी किल्ला, भग्नावशेषको अवस्थामा रहेको सेन वंशीय दरबार, नुवाकोट गढी, रामापितेकश यही ठाउंमा भएकाले बुटवलको यो फुलवारीलाई चिनाएर संसारको ध्यान बुटवलमा केन्द्रित गर्न सकिने मेयर पाण्डेको भनाइ छ ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधवप्रसाद नेपालले ऐतिहांसिक पृष्ठभूमिको महत्व बोकेको फुलवारी भौगोलिक भौगोलिक र प्राकृतिक सम्पदा भएकाले पर्यटकीय स्थलका रुपमा विकास गर्न थालिएको बताए । धार्मिक, सांस्कृतिक विरासत रहेको पार्कको संस्थागत रुपमा दीगो विकास गरी खुला सांस्कृतिक संग्रालय बनाउने योजना रहेको बताउंदै पार्किड, प्रशासनिक भवन, सेड निर्माण, सौन्द्रीयकरण, मठ मन्दिर निर्माण, सुरक्षा, सञ्चार, ब्राण्डिड् र डिजिटिल रुपानत्रण, जोखिम व्यवस्थापन सुरक्षाको उचित व्यवस्थापन गरिने प्रतिवद्दता जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, राष्ट्यि उद्यान महासंघका अध्यक्ष खेम लुइटेल, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका उपाध्यक्ष रमेश नेपाल, सल्लाहाकार निर्मल जीसी, लेखा समितिका संयोजक भोजप्रसाद बुढाथोकी लगायतले बोल्दै उद्यानको रुपमा विकास भएको फुलवारीको माध्यमबाट देशलाई संसारभर चिनाउन सकिनेमा जोड दिए ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधवप्रसाद नेपालको अध्यक्षता, महासचिव युवराज घिमिरेको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठले आथिएक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा फुलकुमारी थारु र सुनिता विश्वकर्मालाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै संस्थाको विकासका लागि सहयोग पुराएका बुटवलको संजु वृद्दआश्रम, मनकामना निर्माण सेवा, मूर्तिकार राजु परियार र सिताराम लामिछानेलाई प्रसंसा पत्र प्रदान गरिएको थियो ।

बुटवल वडा नम्बर १ र २ को बुटवल सामूदायिक बनमा रहेको फुलवारीलाई मणिमुकुन्द सेन उद्यानको नाम दिएर पर्यटकीय स्थलका रुपमा विकास गरिएको हो ।

अंगे्रज सेनाको १८ पाण्उडको तोप प्रहारबाट ध्वस्त भएको सेन दरबार भग्नावशेष अवस्थामा देख्न सकिने मणिमुकुन्द सेन उद्यान (फुलवारी) देशकै एक महन्वपूर्ण ठाउं मानिन्छ । नेपाल एकीकरण र नेपाल अंगे्रज युद्ध पछाडि बुटवल नगर पालिकाले व्यवस्थापन गरेको बगैचा नै फुलबारी हो । जसलाई नेपाल सरकार पुरात्व विभागले संरक्षणको प्रक्रियालाई अगाडि बढाएको छ, भने मणिमुकुकन्द सेन उद्यान संरक्षण समितिले फुलवारीको विकासमा काम गर्दै आएको छ ।

इतिहांस विद्हरुका अनुसार २०३४।०३५ सालतिर स्व. मुन्नीलाल शाक्यको अगुवाईमा ऐश्वर्य पार्कको रुपमा यो क्षेत्रलाई निर्माण गरिएको हो । २०४६ सालको बहुदलीय व्यवस्थासंगै तत्कालिन बुटव

लको नगर प्रमुख स्व.शूर्यप्रसाद प्रधानको कार्यकालमा फुलवारीलाई उद्यान पार्कको अवधारणलाई अगाडि सारिएको थियो ।
२०५४ सालमा दर्ता गरेपछि मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको नामबाट बुटवलको फुलवारीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको हो ।