नागरिक बचाउ अभियान र बैंक पीडितले गरे बुटवलमा प्रदर्शन

बुटवल, कार्तिक २२ गते । नागरिक बचाउ अभियान र बैंक तथा वित्तिय समन्वय समिति रुपन्देहीले शनिबार बुटवलमा बिरोध प्रर्दशन गरेका छन् । बुटवलको राजमार्ग चौराबाबाट निकालिएको बिरोध जुलुसपछि पुष्पलालपार्कमा बिरोध सभा गरिएको थियो ।

नागरिकका घर जग्गाका लिलाम गर्न पाइदैन, मिटर ब्याजी मुर्दाबाद, २० लाखसम्मको ऋण मिनहा गर, भ्रष्टचारीलाई कारवाही गर, सुकुम्वासी समस्या समाधान गर्न दुर्गा प्रसाई जिन्दाबाद जस्ता नारा लगाउंदै बिरोध प्रदर्शन गरिएको थियो ।

बिरोध प्रदर्शनपछि आयोजित समामा बोल्दै बैंक तथा वित्तिय संस्था समन्वय समिति रुपन्देहीका अध्यक्ष मानबहादुर रसाईलीले बैंक तथा वित्तिय संस्था पीडितहरुका माग सरकारले नसुनेपछि बाध्य भएर सडक आन्दोलमा उत्रनु परेको बताए । उनले बैंक तथा वित्तिय संस्थाहरुबाट ठगिएका पीडितहरुका जायज मागहरु आज अगाडिका सरकारले नसुनेको गुनासो गर्दै जेनजी आन्दोलनबाट जन्मेको यो सरकारले पनि नसुने देशै ठप्पपार्ने गरी आन्दोलन गर्ने बताए ।

हामीले लिएको ऋण तिर्न तयार छौ भन्दा भन्दैपनि बैंक तथा वित्तिय संस्थाहरुले करोड पर्ने घर जग्गाहरु २, ४ लाख ऋणको सावा ब्याज बढाएर केयौ पीडितहरुको सम्पती लिलाम गरेर ऋणीहरुलाई सडमा पुराउंदा पनि सरकारले पीडितहरुका जायज माग नसुनेको गुनासो गरे । बैंक तथा वित्तिय संस्थाहरुबाट ल्याएको ऋण तिर्न देशभरका सबै ऋणीहरु तयार रहेको उल्लेख गर्दै २० लाखसम्मको ऋण मिनाह गर्न र ऋण तिर्ने समय दिन सरकारसंग माग गरे ।

उनले यस अघिका सरकारकै आडमा बैंक तथा वित्तिय संस्थाहरुले ऋणीहरुलाई ठगेर पीडित बनाएको र अहिलेको सरकारलाई खबरदारी गर्दै आन्दोलन गर्नुपरेको बताउंदै उनले भने अहिलेको सरकारले नसुने दुर्गा प्रसाईलाई अगिाडि सारेर यो सरकार ढालेर हाम्रा मागहरु पुरा गर्छौ ।

नागरिक बचाउ अभियान रुपन्देही अध्यक्ष योगराज भण्डारीले दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन आग्रह गर्दै बैक तथा वित्तिय संस्थाका पीडितहरुका माग कुनै पनि सरकारले नसुनेकाले मंसिर ७ गतेबाट देशमा राष्ट्वादी आन्दोलन शुरु हुने बताए । उनले यो आन्दोलन दुर्गा प्रसाईको मात्रै नभएर आमनेपालीको भएको बताउंदै सरकार, कांगे्रस, एमाले, माओवादीबाट पीडित भएका सबैका लागि भएकाले मंसिर ७ गतेको आन्दोलनलाई निर्णायक बनाउने दावी गरे ।

बैंक तथा वित्तिय संस्था समन्वय समिति रुपन्देही उपाध्यक्ष महेन्द्र शाहीले कांगे्रस, एमाले र माओवादीले चलाएका बैंक, लघुवित्त र सहकारीहरुले नागरिकलाई ठगेको आरोप लगाउंदै सरकार, संसद नभएको र संविधान पनि नभएको अवस्थामा अब राष्ट्यिसभा आवश्यक नरहेको बताए । उनले ०७२ को संविधान अनुसार बनेको केन्द्रिय सरकार नभएकाले अब तलका कुनैपनि सरकार नभएको बताउंदै प्रदेशको औचित्य समाप्त भैसकेको दावी गरे ।

कार्यक्रममा विशाल पौडेल, प्रज्वल बोहोरा, दिनेश भण्डारी, शंकर कोईराला, सितासिंह ठकुरी, रामचन्द्र कहार लगायतले बोल्दै बैंक तथा वित्तिय संस्थाबाट ठगिएका पीडितहरुका माग सम्बोधन नभए आन्दोलनबाट आयो सरकार हटाउने चेनावती दिए । हाम्रा मागहरु पुरा नभए दुर्गा प्रसाईलाई आन्दोलनको बलमा प्रधानमन्त्री बनाएर माग पुरा गर्ने उनीहरुको दावी छ ।

बिरोध सभाको आसपासमा व्यापक प्रहरी परिचालन गरिएको थियो । नागरिक बचाउ अभियान दुर्गा प्रसाईले नेतृत्वको गरेको संस्था हो, भने बैंक तथा वित्तिय समन्वय समिति पीडित पक्षले सञ्चालन गरेको अभियान हो ।